सोमबार, कार्तिक १ २०७८
काठमाडौं २३:०४
वासिङटन डिसी 13:19

एनआरएन क्षेत्रीय सम्मलेन न्युजर्सीमा हुने र नेपालका आगोलागी बाट पिडीतलाई एनआरएन, अमेरिकाले सहयोग गर्ने !

इनेप्लिज २०७३ वैशाख ४ गते १४:०५ मा प्रकाशित

IMG_0175 (1)

अमेरिका । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिका र एनआरएन आईसिसिका अमेरिका स्थित प्रतिनिधिको संयुक्त कन्फरेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । सुक्रवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले परिषदको नवौं क्षेत्रीय सम्मलेन न्यु जर्सी अन्तर्गत डब्बल ट्री हिल्टन होटलमा गर्ने र चाँडै नै सो सम्मलेन सफलता पूर्वक सम्पन्न गर्न समिति निर्माण गरी कार्य अगाडि बढाउने निर्णय गरियो ।
स्मरण रहोस् उक्त सम्मेलनमा संसारकै ७१ देशका प्रतिनिधिले भाग लिनेछन् ।

त्यसरीनै नेपालमा हालै भएको आगोलागी बाट पिडीतहरुलाई सहयोग गर्न एन आर एन,अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलको संयोजकत्वमा पाँच सदस्सीय सहयोग संकलन समिति बनाई सहयोग संकलन कार्यलाई तीव्र रुपमा अगाडि बढाउने निर्णय गरिएको छ अन्य सदस्यहरुमा दिल श्रेष्ठ , सुनील साह ,प्रकाश सापकोटा र सतेन्द्र साह हुनुहुन्छ ।

त्यस्तै गरेर न्युयोर्कमा पहिलो पटक गर्न लागिएको ऐतिहासिक नेपाल डे परेडमा आधिकारिक सूचना प्राप्त भएपछि सो कार्यक्रममा संस्थागत सहभागिता जनाउने निर्णय पनि सो वैठकले गरेको छ ।

अन्त्यमा निवर्तमान अध्यक्ष एवम् आई सि सि सदस्य कानुन विद् खगेन्द्र क्षेत्री ज्यु पुनः सुपर लयर बाट सम्मानित हुनु भएकोमा बधाई तथा शुभकामना दिँदै नव वर्ष २०७३ सालको शुभकामना आदन-प्रदान गरेको छ ।

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदका, उत्तर अमेरिका क्षेत्रीय एवम् उप-क्षेत्रीय संयोजक तथा अमेरिका स्थित अन्तराष्ट्रीय सवमन्य परिषदका सदस्यहरु एवम् एनआरएन,राष्ट्रिय समन्वय परिषद,अमेरिकाको संयुक्त कन्फ्रेन्स कल मिटिंगको संचालन एनआरएन अमेरिकाका महा-सचिव तिलक श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया