प्रहरीलाई हराउँदै न्यु डायमन्ड फाइनलमा
काठमाडौँ, २५ फागुन । न्यु डायमन्ड एकेडेमीले नेपाल प्रहरी क्लबलाई पराजित गर्दै मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेको छ ।
नैकापस्थित न्यु डायमन्ड स्कुलको खेल मैदानमा आज भएको सेमिफाइनलमा न्यु डायमन्डले प्रहरीलाई ५–२ को सेटमा पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । प्रहरीले खेलको पहिलो र दोस्रो सेट क्रमशः २५–२३, र २५–२० जित हासिल गरे तापनि त्यसपछिको खेल भने न्यु डायमन्डको आफ्नो पक्षमा पा¥यो ।
न्यु डायमन्डले प्रहरीमाथि तेस्रो २५–२२, चौँथो २५–२२ र पाँचाँै तथा अन्तिम सेट १५–११ ले आफ्नो पक्षमा पार्दै जित हासिल गरेको हो ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु ५० हजारसहित मेडल, ट्रफी पाउनेछ भने उपविजेताले रु ३५ हजार प्राप्त गर्नेछ । त्यसैगरी तेस्रोले रु २५ हजार र चाँैथो हुने टोलीले रु १० हजार पुरस्कार पाउनेछ ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया