दुःखद खबरः अधुरै रह्यो एयरहोस्टेज रमाले आमासँग गरेको बाचा (भिडियोसहित)
काठमाडौं, १२ फागुन । बुधबार विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा २३ जनाले ज्यान गुमाए । त्यसमा चालक दलका दुई सदस्यसहित एयरहोस्टेज रमा राउत पनि परिन् । काठमाडौंको कुलेश्वरी रमा घरकी एक्ली छोरी थिइन् । उनका एक दाई, एक भाई र ५० वर्षीय आमा मात्रै छिन् । उनका बुवाको केही समय अघि नै निधन भइसकेको छ । उनी तारा एयरमा तीन वर्षदेखि एयरहोस्टेज अर्थात परिचारिका पदमा कार्यरत थिइन् । उनले आफ्नो आमालाई जहाजमा घुमाउन गरेकी थिइन् । तर, त्यो वाचा पुरा नगरीकनै उनले आज यो संसारबाट विदा लिइन् । छोरी दुर्घटनामा परेको खबर सुनेर आमा वेहोस छिन् । रमा गत सोमबार काठमाडौंबाट पोखरा गएकी थिइन् । उनले मंगलबार साँझ आमालाई फोन गरेर ‘भोलि जोमसोम जाने’ कुरा गरेकी थिइन् । दाजुभाइसँग भने सोमबार घरबाट विदा भएर जाने बेला मात्र भेटेकी थिइन् ।
हेर्नुस् संक्षिप्त भिडियो:
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
प्रतिक्रिया