शनिबार, माघ १० २०७७
काठमाडौं ०३:४३
वासिङटन डिसी 16:58

जन सम्पर्क समिति अमेरिकाले २१ फेब्रुवरीमा श्रद्धान्जली सभाको आयोजना गर्दै

इनेप्लिज २०७२ माघ २९ गते ५:०० मा प्रकाशित

Samparka samiti

सबै च्याप्टरहरुले शोक पुस्तिका राख्ने, लस एन्जल्समा आजबाट शोक पुस्तिकाको सुरुवात
अमेरिका, ११ फेब्रुवरी / नेपाली जन सम्पर्क समिति अमेरिकाले अकस्मात निधन भएका नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमंत्री सुशील कोइराला प्रति समवेदना व्यक्त गर्न २६ वोटा च्याप्टरलाई १३ दिन सम्म शोक पुस्तिका राख्न अनुरोध गर्दै महासचिव मुनिन्द्र नेम्वांगले आज एक प्रेस-बिज्ञप्ति निकालेका छन्।
श्रद्धान्जली सभाका लागि नेपाली काँग्रेस केन्द्रीय कार्यालयले तय गरेको मिति अनुसार १३ औं पुण्य तिथि (२०७२/११/०९) February 21, 2016 Sunday एकै दिन पारेर श्रद्धान्जली सभाको आयोजना गर्न सबै च्याप्टरहरूलाई निर्देशन दिएको सभापति आनन्द बिस्टले जानकारी दिए ।
जन सम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले 18000 Pioneer Blvd Suite # 203, Artesia, CA 90701 मा शोक पुस्तिका राखेकोछ । स्व. कोइरालाप्रति समवेदना प्रकट गर्न चाहने सबैलाई बिहान १० देखि ५ बजे सम्म सो स्थानमा गएर फेब्रुअरी २१ सम्म हस्ताक्षर गर्न सकिने च्याप्टरका अध्यक्ष मदन पाठकले बताए । शोक पुस्तिका राख्ने कार्यक्रममा मुकुन्द ढुंगाना, मदन पाठक, रेख उप्रेती, हेमराज भट्ट, राजेन्द्र शिवाकोटी, बलराम थापा, नविन पोखरेल, कृष्ण के.सी. लगायतका व्यक्तिहरूको उपस्थिति थियो ।
यसैगरि न्यु योर्क च्याप्टरले थकाली किचन रेष्टुरेन्ट Thakali Kitchen Restaurant 74-14, 37th Avenue,Queens NY 11372 मा शोक पुस्तिका राखेकोछ ।

प्रतिक्रिया