टेक्ससको म्याकएलेनमा सीमाप्रहरी कार्यालयमा गोलीकाण्ड, आक्रमणकारी मारिए

इनेप्लिज २०८२ असार २३ गते १६:५६ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको म्याकएलेन शहरमा सोमबार बिहानको समयमा अमेरिकी सीमाप्रहरीको कार्यालयमा अन्धाधुन्ध गोली प्रहार भएको छ। 

आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

म्याकएलेन प्रहरी प्रमुख भिक्टर रोड्रिगेजका अनुसार, आक्रमणकारीको नाम २७ वर्षीय रायन लुइस मोस्क्वेडा भएको पुष्टि गरिएको छ। 

उनले म्याकएलेन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको सॅघिय सीमाप्रहरी कार्यालयलाई लक्ष्य बनाउँदै “धेरै धेरै गोली प्रहार”गरेका थिए।

प्रहरीका अनुसार, मोस्क्वेडा भवनभित्र छिर्न सकेनन् तर बाहिरबाटै लगातार गोली चलाए। 

अधिकारहरूले उनके उद्देश्यबारे हालसम्म खुलासा गरेका छैनन्, तर घटनालाई निकै गम्भीर रूपमा लिइएको छ। 

यद्यपि, यस आक्रमणमा कुनै सुरक्षा अधिकारी घाइते नभएको प्रारम्भिक जानकारी आएको छ।

 अहिले संघीय अनुसन्धान  निकायहरुले घटनाको पूर्ण अनुसन्धान थालेका छन् ।

प्रतिक्रिया