अमेरिकाको टेक्सास राज्यको मध्यभाग स्थित केर काउन्टीमा बाढीको ठूलो विपत्ति उत्पन्न भएको छ।
सोमबार बिहान ८:३० बजे सम्म कम्तीमा ७५ जनाको शव फेला परेको काउन्टीका शेरिफ ल्यारी लिथाले पुष्टि गरेका छन्। शवहरूमा ४८ जना वयस्क र २७ जना बालबालिका रहेका छन्।
शेरिफ लिथाले भने , “हामीले स्थानीय, राज्य र संघीय तहका उद्धारकर्मीहरूका स्रोत प्रयोग गरिरहेका छौँ। सयौँ प्रशिक्षित उद्धारकर्मीहरू यो आपतकालीन अवस्थाको हरेक पक्षमा खटिएका छन्।”
हालसम्म १५ जना वयस्क र ९ जना बालबालिकाको पहिचान हुन बाँकी रहेको बताइएको छ। केर काउन्टीको प्रख्यात बाल शिविर मिस्टिकबाट १० जना बालक र १ जना काउन्सेलर अझै बेपत्ता छन्।
प्रतिक्रिया