शनिबार, असार ५ २०७८
काठमाडौं १४:२२
वासिङटन डिसी 04:37

प्रधानमन्त्रीको चट्टानी अडानले नाका खुल्यो: महेश बस्नेत

इनेप्लिज २०७२ माघ २७ गते १५:४९ मा प्रकाशित

12674251_187080614989712_2053999902_n

लक्ष्मी काफ्ले

बिर्तामोड, २७ माघ । एमालेका प्रभावशाली युवा नेता तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी ओलीको चट्टानी अडानका कारण विरगञ्ज नाका खुलेको दावी गरेका छन् । भारतमा जारी १२औँ साग प्रतियोगिताको अवलोकन गरेर फर्कने क्रममा बुधबार दिउँसो बिर्तामोडमा पत्रकारसँग कुराकानी गर्दै बस्नेतले यस्तो दावी गरेका हुन् ।

‘विरगञ्ज नाका नखुलेसम्म भारत भ्रमण नै गर्दिनँ भन्नुभयो प्रधानमन्त्रीजीले,’ प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘यहि अडानका कारण मधेस आनदोलन विस्थापित र्गयो र भारतले नाका खोल्यो ।’ झापा, मोरङ र सुनसरी एक नम्बर प्रदेशमै रहनेमा ढुक्क रहन उनले आग्रह गरे । उनले भने, ‘यहाँका जनताले २ नम्बर प्रदेशमा जान नचाहिसकेपछि अब कसैको केही लाग्दैन ।’

मुलुकको अर्थतन्त्रलाई स्वाधिन र आत्मनिर्भर बनाउने कुरा अबको चुनौति भएको बस्नेतले बताए । नेपालको राजनीति सुध्रिन थालेको बताएका उनले अब राजनीतिले खेलकुद क्षेत्रलाई पनि सुधार्ने विश्वास व्यक्त गरे । मुलुकलाई आत्मनिर्भर बनाउन सबै एकजुट हुनुपर्ने उनको धारणा थियो । ‘हाम्रै देशमा जमिनमुनीबाट ग्यास निस्किएर आगो बलिरहेको छ, त्यसलाई हामी पूजा गरेर बस्छौँ,’ उनले भने, ‘हामी सुन्तला बेचेर फ्यान्टा खान्छौँ, आँप बेचेर फटी खान्छौँ, यस्ता कुरामा ध्यान र्पुयाउन जरुरी छ ।’

खेलकुदका बारेमा कुराकानी गर्दै बस्नेतले दक्षिण एसियाली खेलकुद (साग) को संस्कृति नेपालसँग जति अरु देशसँग नभएको बताएका छन् ।  ‘गेमको कल्चर हामीसँग जति अरुसँग रहेनछ,’ उनले भने, ‘१३औँ साग हामी आयोजना गर्दैछौँ, भारतले आयोजना गरेकोभन्दा धेरै भव्य र सभ्य बनाउनेछौँ ।’

खेलाडीको हौसला बढाउन व्यक्तिगत खर्चमा भारत पुगेर फर्किएको बताएका उनले फुटबल, भारत्तोलन र स्वीमिङमा नेपालले सन्तोषजनक प्रदर्शन गरिरहेको बताए । ‘स्वीमिङमा धेरै राम्रो गर्दैछन्,’ उनले भने, ‘जम्मा तीन हप्ता तालिम गरेकै भरमा रेकर्ड राखेका छन्, यो खुसीको कुरा हो ।’ फेरि मन्त्रालयको जिम्मेवारी पाउँदा आफूले खेलकुद मन्त्रालय रोज्ने उनले बताएका छन् । खेलकुद मन्त्रालयको नेतृत्व युवाले गर्नुपर्ने उनको भनाई छ । ‘खेलकुदलाई प्रोत्साहन दिनुपर्छ, ध्यान र्पुयाएर काम गर्दा धेरैथोक गर्न सकिन्छ,’ उनले भने ।

प्रतिक्रिया