पूर्व प्रधान मन्त्रि तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन
पूर्व प्रधान मन्त्रि तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएको छ । काठमाडौंको महाराजगञ्जस्थित भतिजा सशांक कोइरालाको घरमा सोमबार राति १२ बजेर ३० मिनेटमा उनको निधन भएको हो l
लामो समयदेखि जिब्रोको अबुर्द रोग बाट पीडित हुनु हुन्थ्यो भने अमेरिकाको न्यूयोर्कमा क्यान्सरको लामो उपचार भै चिकित्सक ले निको भएको जानकारी दिएका थिए l कोइराला ७९ वर्ष पूरा भई ८० लागेका थिए । निमोनिया र ज्वरोका कारण अस्वस्थ रहेका थिए l निमोनिया बढे पछि अचानक हृदय घातबाट मृत्यु भएको कोइरालाका निजि चिकित्सक डा करबिरनाथ योगीले जानकारी दिएका थिए l
बि पी कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई उनी २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए प्रजातन्त्रको घटी निमोठीए पछि भारतमा लामो समय सम्म प्रवासमा बस्नु परेको थियो । स्व कोइरालाको जन्म सन् १९३९ मा पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको थियो ।
कांग्रेसद्वारा सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित, केन्द्रिय समितिको आकस्मिक बैठक बोलाइयो –
नेपाली कांग्रेसले १३ औँ महाधिवेशनका सन्दर्भमा भइरहेका सम्पूर्ण निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको छ । सभापति सुशील कोइरालाको आज बिहान अकास्मात निधन भएपछि कांग्रेसले निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको हो ।
कांग्रेस पार्टी कार्यालयका कार्यबहाक मुख्य सचिव प्रदीप पराजुलीले एक विज्ञप्ती जारी गर्दै महाधिवेशनको सम्पूर्ण निर्वाचन सम्बन्धी कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएका छन् ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया