मंगलबार, माघ १३ २०७७
काठमाडौं १४:५१
वासिङटन डिसी 04:06

मधेश आन्दोलन, भुकम्प प्रभावित परिवारको पुनर्स्थापना र पुनर्निर्माणमा अमेरिकी चासो

इनेप्लिज २०७२ माघ ९ गते ६:०५ मा प्रकाशित

Antony Blenkin

लस-एन्जलस, ९ माघ । नेपालमा जारी मधेश आन्दोलन, त्यसले उत्पन्न राजनीतिक गतिरोध, भुकम्प प्रभावित परिवारको पुनर्स्थापना र पुनर्निर्माणको बिषयमा अमेरिकी सरकारले आफ्नो चासो सार्वजनिक गरेको छ । शुक्रबार अमेरिकी सहायक विदेश मन्त्री एन्टोनी जे ब्लिनकेनले नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीसंग भएको टेलिफोन संवादमा मधेश आन्दोलन, जारी राजनीतिक गतिरोध, भुकम्प प्रभावित परिवारको पुनर्स्थापना र पुनर्निर्माणको बिषयमा अमेरिकी चासो व्यक्त गरेका हुन् । सहायक विदेश मन्त्री एन्टोनी र प्रधानमन्त्री ओली बीच भएको टेलिफोन संवादमा मधेशमा जारी बन्द, हड्ताल र प्रदर्शनलाई छलफल र संवादद्वारा अविलम्व सम्बोधन गर्न आग्रह गरिएको छ । अमेरिकी स्टेट डिपार्टमेन्टद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘अमेरिका भुकम्प प्रभावित परिवारको पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग र साझेदारीका लागि हातेमालो गर्न तयार छ । नेपालको प्रमुख साझेदार र हितैषी राष्ट्र संयुक्त राज्य अमेरिकाले संबिधान निर्माण पछि मित्र राष्ट्र भारतले अघोषित रुपले लगाएको नाकाबन्दी र मधेश आन्दोलनको प्रभाव र जारी संकट सहितको लामो राजनीतिक गतिरोध बारे पहिलो पटक अमेरिकी चासो सिधा संवाद मार्फत उच्च स्तरमा अभिव्यक्त गरेको हो ।

प्रतिक्रिया