विश्वकपको तयारीमा रहेको नेपाल अफगानिस्तानसँग पराजित
काठमाडौँ, २९ पुस । बङ्गलादेशमा हुने उन्नाइस वर्षमुनिको विश्वकप प्रतियोगिताको तयारीमा रहेको नेपाली टोली आज अफगानिस्तानसँग पराजित भएको छ ।
भारतको नयाँ दिल्लीमा भएको दोस्रो अभ्यास खेलमा पनि नेपाल अफगानिस्तानसँग ४१ रनले पराजित भएको हो । यसअघि अफगानिस्तानसँग नै भएको पहिलो अभ्यास खेलमा नेपाल ८३ रनले पराजित भएको थियो ।
प्रतियोगितामा पहिले ब्याटिङमा उत्रेको अफगानिस्तानले नेपाललाई २१३ रनको चुनौती प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल ४१ दशमलव ३ ओभरमा १७१ रनमा सीमित भयो ।
नेपालका लागि सुनिल धमलाले ४५, अरिफ शेखले २८ तथा दीपेन्द्र ऐरीले २३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले खासै उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । त्यसैगरी यसअघि नेपालले भारतको हिमाञ्चल प्रदेशमा स्थानीय क्लबसँग पनि अभ्यास खेल खेलेको थियो ।
आगामी माघ ८ गतेदेखि सञ्चालन हुने विश्वकपमा विभिन्न १६ राष्ट्रले भाग लिएका छन् जसमा नेपाल समूह डी मा परेको छ । त्यस्तै समूह डी मा भारत, न्युजिल्यान्ड र आयरल्यान्ड छन् ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया