शनिबार, साउन ९ २०७८
काठमाडौं २२:०२
वासिङटन डिसी 12:17

भारतीय क्रिकेट कप्तान धोनीलाई पक्राउ गर्न अदालतको आदेश

इनेप्लिज २०७२ पुष २५ गते १२:५६ मा प्रकाशित

Ganesh-Bikram-Singh-Ale-768x407

काठमाडौं, २५ पुस । भारतको राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनी कानुनी फन्दामा परेका छन् । हिन्दूहरुको भावनामा चोट पुगाएको आरोपमा भारतको एक अदालतले धोनीलाई पक्राउ गर्न स्थानीय प्रहरीलाई आदेश दिएको हो । सन् २०१३ को अप्रिलमा बिजनेस टुडे नामक पत्रिकामा धोनीको तस्वीर हिन्दूहरुका भगवान विष्णूको अवतारमा प्रकाशित भएको थियो । उक्त तस्वीरमा धोनी विष्णु भगवानको अवतारका रुपमा हातमा एक कम्पनीका सामानहरु बोकेर उभिएको देखिएका छन् । यतिमात्रै होइन, उनका हातमा जुत्ता समेत देखिन्थे । तस्वीरमुनि लेखिएको थियो– गड अफ बिग डिल्स अर्थात् ठूलो कारोबारका भगवान । यो तस्वीरले हिन्दूहरुको भावनामा चोट पुगेको भन्दै धोनीविरुद्ध आन्ध्र प्रदेशको अनन्तपुर अदालतमा मुद्दा परेको थियो । विश्व हिन्दू परिषदका नेता वाई श्याम सुन्दरले गत वर्ष फेब्रअरीमा मुद्दा हालेका थिए । उक्त मुद्दामा फैसला सुनाउँदै अदालतले पक्राउ गरी आवश्यक कारवाही गर्न स्थानीय प्रशासन र प्रहरीलाई आदेश दिएको हो ।

यस्तो छ पत्रिकामा प्रकाशित विज्ञापन: –

Ganesh-Bikram-Singh-Ale-768x407

प्रतिक्रिया