शुक्रबार, साउन ८ २०७८
काठमाडौं २२:२७
वासिङटन डिसी 12:42

विहानै मर्निङवाक गर्नु स्वास्थ्यका लागि घातक !

इनेप्लिज २०७२ पुष १० गते २०:१८ मा प्रकाशित

Jyapu-Dibas-1

काठमाडौं । चिकित्सकहरुले सबेरैको चिसोमा मर्निङवाक गर्नु जोखिमपूर्ण भन्दै त्यसबाट जोगिन सुझाएका छन् । घाम लागेपछि मात्रै शारीरिक व्यायाम गर्नुपर्ने उनीहरुको भनाइ छ । बिहानैको चिसोमा मुटुरोग, अनियन्त्रित रक्तचाप, दीर्घरोग, पक्षघात लागयतको जोखीम बढी हुने भएकाले कुहिरो वा घाम उदाउनुअघि मर्निङवाक नगर्न उनीहरुले सचेत गराएका छन् । चिसोबाट बढिरहेको जाडोबाट बच्न विशेष सावधानी अपनाउन पनि उनीहरुले आग्रह गरेका छन् । चिसो पक्षघात रोगसमेत बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा. वसन्त पन्तले बताए । (कान्तिपुरबाट)

प्रतिक्रिया