शुक्रबार, साउन १५ २०७८
काठमाडौं ११:३५
वासिङटन डिसी 01:50

वीरगञ्जमा राजेन्द्र महतोसँग भिड्दै राजीव !

इनेप्लिज २०७२ पुष ७ गते १५:२८ मा प्रकाशित

Rajendra-Rajib-650x428काठमाडौं, ७ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग भिड्न युवा संघ नेपालका अध्यक्ष राजीव पहारी मैदानमा उत्रिनुभएको छ ।

मधेस सम्वाद तथा जागरण अभियानका लागि मधेस उत्रिएका पहारीले महतोलाई काउन्टर दिँदै परास्त गर्ने तयारी गर्नुभएको हो ।

‘हामी लडेर होइन्, विचारको लडाइले महतोलाई परास्त पार्छौँ’ उहाँले भन्नुभयो- ‘भारतको गुलामी गर्नेलाई नेपालमा अधिकार माग्ने कुनै अधिकार छैन् ।’

युवा संघको अभियानले मधेसमा सकारात्मक प्रभाव परेको भन्दै उहाँले विखण्डन र साम्रदायिकता नाममा भइरहेको मधेस आन्दोलन र मुख्य नाइके राजेन्द्र महतो परास्त हुने दाबी गर्नुभयो ।

हाल मधेसमै केन्द्रीय कार्यालय सारेको सद्भावना पार्टीका अध्यक्ष महतो वीरगञ्जमा बसेर आन्दोलनको नेतृत्व गरिरहनुभएको छ । केही दिनमै जागरण अभियान लिएर पहारी पनि पर्सा पुग्दै हुनुहुन्छ ।

‘हामीसँग सहि विचार छ । हामी मुलुकलाई समृद्ध, शान्त, स्थिर र विकसित नेपाल निर्माण गर्न चाहन्छौं । राजेन्द्र महतोहरु यो मुलुकलाई विखण्डन गर्ने, साम्रदायिकताको नाम वैदेशिक शक्तिलाई भित्र्याएर अफगानिस्तान र इराक बनाउन चाहन्छ,’ उहाँले भन्नुभयो– ‘मधेसी जनताको नाममा आन्दोलन गरेर सत्तामा पुग्ने, काठमाडौंमा करौडौंको सम्पत्ति थुपार्ने उनीहरुको चाहनालाई हामी परास्त गरेरै छाड्छौं ।’

मधेसको विकास, समृद्धि र समग्र नेपाललाई आफ्नै खुट्टामा उभ्याउन आफूहरुले चाँहेको भन्दै उहाँले भन्नुभयो– ‘हामी बलभद्र कुँवर र भक्ति थापा बन्न चाहन्छौं तर, उनीहरु लेण्डुप दोर्जी बन्न चाहन्छन् । त्यसकारण हामी विजयी हुन्छौं ।’

मधेसका विभिन्न जिल्लामा पुगिसकेका पहारी स्थानीय पहिरन र भाषामा प्रस्तुत भएर मधेसी जनताको मन जित्न सफल हुनुभएको छ । उहाँले मधेसका नागरिकसँग मित समेत लगाउनुभएको छ ।

मधेसी मोर्चाका शीर्ष चार नेतालाई सुरक्षा फिर्ता बोलाउन सरकारसँग माग गर्दै उहाँले चारै नेतालाई आजिवन जेल हाल्नुपर्ने धारणा राख्नुभयो ।

सार्वजनिक कार्यक्रममा भारतीय झण्डाको खाँदा ओढेर मधेसको हित गर्छु भन्ने महतोले भारतलाई शिरमा राखेर आन्दोलन गरेको भन्दै भारतको हित हेर्ने महतोलाई पराजित गरेरै छाड्ने पहारीले ठोकुवा गर्नुभयो ।

युवा संघको जागरण अभियानले मधेस आन्दोलन कमजोर भइसकेको टिप्पणी गर्दै उहाँले २० दिनभित्र मधेसलाई शान्त र बन्द हड्ताल र चक्काजामबाट मुक्ति दिने बताउनुभयो । जागरण अभियान लिएर युवा दुई महिनासम्मका लागि मधेसमा खटिएको छ ।

प्रतिक्रिया