शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०२:५३
वासिङटन डिसी 17:08

दश आतङ्ककारीद्वारा आत्मसमर्पण

इनेप्लिज २०७२ मंसिर २७ गते २:२३ मा प्रकाशित

afaganistan-1024x722फैजावाद (अफगानिस्तान), २७ मङ्सिर । अफगानिस्तानको बदाख्सान प्रान्तमा शनिबार १० जना तालिवान आतङ्ककारीले आत्मसमर्पण गरेका एक अधिकारीले जानकारी दिएका छन् ।

दश जनाको सङ्ख्यामा रहेका ती आतङ्ककारीहरुले हत्याहिंसा छोडेर सरकारसमक्ष आत्मसमर्पण गरेका हुन् ।

ती तालिवान लडाकूहरुले अवको दिनमा हत्या हिंसा त्यागेर सरकारको शान्ति र पुनःनिर्माण कार्यमा सहभागिता जनाउने बताएको प्रान्तीय शान्ति परिषद्का अध्यक्षले सिन्ह्वा समाचार समितिलाई बताएको छ ।

शनिबार आत्मसमर्पण गर्ने ती आतङ्ककारीहरु बादख्सान प्रान्तको बहाराक जिल्लामा आतङ्ककारी कार्यमा सहभागिता रहँदै आएका बताइएको छ ।

आत्मसमर्पण गरेका ती लडाकूसमूहले आफूहरुसँग रहेका हातहतियारसमेत सरकारी अधिकारीहरुलाई बुझाएको बताइएको छ ।

अफगानिस्तानमा अफगान सरकारले तालिवान आतङ्ककारी समूहलाई लक्ष्यगरी सन् २०१० देखि नै उच्च शान्ति परिषद्को सुरुवात गरेको थियो ।

प्रतिक्रिया