आइतबार, साउन १० २०७८
काठमाडौं ०६:०४
वासिङटन डिसी 20:19

बालबच्चा हुर्काउन र आर्थिक बचत गर्न कठिन अमेरिकाका १० शहरहरु

इनेप्लिज २०७२ मंसिर १९ गते १९:०४ मा प्रकाशित

Untitled

अमेरिकामा बालबच्चा जन्माउन र हुर्काउन त्यति सहज र सस्तो छैन। काम गरेर, बिल तिरेर, परिवार र बच्चाको हेरचाह गरेर जिउन सानोतिनो खर्चमा सम्भब नै छैन। यो पनि मुख्य कारण हो कि अमेरिकामा जन्मदर घट्नु, कम बच्चा जन्माउनु र बच्चा जन्माउनै नचाहने। अमेरिकामा यस्ता मुख्य शहर छन कि जहा बच्चा जन्माउन, हुर्काउन र हेरचाह गरि परिवार सहित जिउन। आमा बाबुको सानोतिनो कमाइले असम्भब जस्तै छ। अझै एक जनाको कमाइले त झनै मुस्किल छ। अमेरिकाका यस्ता शहरहरु छन जहा सानोतिनो कमाइ, एकजनाको कमाइले परिवार बालबच्चा हुर्काउन कठिन छ ढुङ्गा चपाएजस्तै। सिबिएस, ब्लुमबर्ग, स्वतन्त्र आर्थिक केन्द्र अमेरिकाका

अनुसार कुन कुन हुन त ति १० शहरहरु?

१) वाशिङ्गटन डि सि- घरको ४ सदस्यिय बाबु आमा र २ बच्चाको हेरचाहको बर्षको सहज ढङ्गले बाच्न मात्रै बार्षिक खर्च १०६४९३ डलर लाग्ने रहेछ। यस शहरमा २ बच्चाको हेरचाहको बर्षको खर्च ३११५८ डलर सरदर रहेछ। यो अमेरिकाको उच्च खर्चमा गनिन्छ।

२) नासु सुफोल्क न्युयोर्क- न्युयोर्कको लङ्गआइसल्यान्ड त सरे मानिसहरु खर्च बढ्यो तर डलर कत्ति पनि बचत भएन। यो काउन्टि अमेरिकाको दोश्रो यस्तो महङ्गो ठाउ हो जहा ४ सदस्यिय बाबु आमा र २ बच्चाको हेरचाहको लागि १०३६०६ डलर बार्षिक सरदर लाग्ने रहेछ। घरको भाडा बार्षिक लगभग १९३५८ डलर, बार्षिक कर १६८२२ र घरका अन्य सामान्य आबस्यकता पुरा गर्न लगभग १३८८१ डरल लाग्ने रहेछ। हेर्दा बच्चा जन्माउन र हुर्काउन नै ठुलो खर्च देखियो।

३) वेष्टचेस्टर काउन्टि न्युयोर्क- न्युयोर्क मुल शहरको अलिकति बाहिर भयेपनि लङ्गआइसल्यान्ड अर्धशहर जस्तै यो पनि यहापनि परिवार हुर्काउन, बच्चा जन्माउन र हेरचाहका लागि बार्षिक सरदर ८८५९२ डलर लाग्दो रहेछ। कर महङ्गो छ र बार्षिक कर मात्रै सरदर १५५८९ प्रति परिवार पर्न आउछ।

४) न्युयोर्क शहर- बिग एप्पल शहरको नामले चिनिने न्युयोर्क शहर बच्चा जन्माउन, हुर्काउन र रेखदेखमा मात्रै ठुलो खर्च हुने गर्दछ। यस्तो महङ्गो ठाउ हो जहा ४ सदस्यिय बाबु आमा र २ बच्चाको हेरचाहका लागि सरदर बार्षिक खर्च ९८७२२ डरल खर्च हुने रहेछ। यहा बस्ने समुदायले चाहि सार्बजनिक यातायातको सर्बसुलभताका कारण यसका नजिकका शहर भन्दा धेरै राहत प्राप्त गरेका कारण केहि मात्रामा आर्थिक राहत मिलेको देखिन्छ।

५) स्ट्यामफोर्ड-नोरवाक कनेक्टिकेट- जहा ४ सदस्यिय बाबु आमा र २ बच्चाको हेरचाहमा बिल तिर्न मात्रै बार्षिक ९७३५० डलर सरदर खर्च हुने रहेछ। यहा घरको खर्च नै बढि छ। घरको खर्च २२२९० डलर खर्च र कर मात्रै बार्षिक सरदर १५४८७ डलर रहेको छ। जुन औसत अमेरिकाको महङ्गो हो।

६) होनोलुलु- जहा ४ सदस्यिय बाबु आमा र २ बच्चाको रेखदेख र परिवार चलाउन बार्षिक ९७०९२ डलर ल आग्ने रहेछ भने खानाको लागि मात्रै २१२४४ बार्षिक खर्च जुन उच्च हो।

७) पौगकिप्सि-न्युबर्ग मिडिल टाउन न्युयोर्क- यहा घरको उच्च मुल्यले ढाड सेकाउछ। जहा ४ सदस्यिय बाबु आमा र २ बच्चाको हेरचाह हेरचाह र परिवार चलाउदा बिल मात्रै ९२८३६ डलर बार्षिक सरदर छ।

८) इथाका न्युयोर्क- यो कलेज टाउनका रुपमा चर्चित छ जहा ४ सदस्यिय परिवार बाबु आमा र २ बच्चाको हेरचाहका लागि बार्षिक ९२६०३ डलर सरदर बार्षिक लाग्ने रहेछ। उच्च कर र उच्च भाडा दर अर्को मुख्य चुनौति रहेको छ।

९) सानफ्रान्सिस्को, क्यालिफोर्निया- नवौ नम्बरमा रहेको यस शहरमा ४ सदस्यिय परिवार जहा बाबुआमा र २ बच्चा जन्माउन र हुर्काउन मात्रै परिवारमा बार्षिक खाना खर्च २३४६२ डलर सरदर खर्च र न्युयोर्कको दाजोमा चाहि बच्चाको खर्चमा चाहि कम रहेको छ जहा निम्नतम खर्च १०८१५ डलर रहेको छ। यहा पनि घरको उच्च मुल्य, उच्च भाडा र उच्च करका कारण जनजिबन १ जनाको कमाइले मात्रै सहज छैन।

१०) डानबरि कनेक्टिकेट- यहा बाबु आमा र २ बच्चाको हेरचाह हेरचाह र परिवार चलाउन ८९००० डलर लाग्ने गर्दछ भने घर खर्च, उच्च कर पनि यस शहरको कठिन अबस्था हो।

काम गर​, पानि बत्ति, बिजुलि, फोन​, बिमा, कार मासिक भुक्तानि, घर भाडा, घरको मासिक बैङ्क भुक्तानि, काना, ग्रोसरि, बच्चा हुनेहरुको लागि बेबि सिटिङ्ग भुक्तानि, पाहुना पासा, लण्ड्रि, गाडिको तेल​, लुगाफाटा लगायतका खर्च धान्न कहिले हप्ताको सातै दिन​, कहिले ६ दिन र कहिले ५ दिन नघटआइ काम नगरे आर्थिक बन्दोबस्ति र ब्यबस्थापन चौपट्ट हुन्छ अमेरिकामा। अझै बच्चा हुनेहरुका लागि त कठिन अबस्था हुनसक्छ​। २ वटा बच्चा बेबि सिटिङ्गमा राखि काम गर्न जादा बचत गर्नै सकिदैन अझै कहिलेकाहि त कामबाट आर्जन गरेको तनखा भन्दा बेबि सिटिङ्गको मुल्य महङ्गो पर्न जान्छ​। कहा भने जस्तो छ र अमेरिका त्यति सहज छैन बिल तिरेर बच्चा हुर्काउने र हुर्किसकेको बच्चाको कलेज शुल्क तिर्न धौ धौ नै छ निम्न तथा मध्यम आय आर्जन गर्ने परिवारका लागि अमेरिकामा। ठुलो शहरमा बसेर कमाएजति तिर्नमै ठिक्क हुने हुदा सस्तो र किफायति स्थानहरुको खोजिमा कैयन नेपालि परिवारहरु बर्षमा ठाउ सरि गर्ने गर्दछन​।

(लेखक बरिष्ठ वातावरण पत्रकार, अमेरिका नेपाल व्यवसायी संघका कार्यवाहक सभापति र अमेरिकन चेम्बर अफ

कमर्शका एकमात्र नेपाली संस्थागत सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया