शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०२:११
वासिङटन डिसी 15:26

डुङ्गा दुर्घटनामा दर्जनौँ आप्रवासी बेपत्ता २२ जनाको उद्धार

इनेप्लिज २०७२ असोज ३ गते १४:०६ मा प्रकाशित

एथेन्स (ग्रीस), ३ असोज । टर्की हुँदै ग्रीसमा जाँदै गर्दा आइतबार नेवस टापु नजीक भएको डुङ्गा दुर्घटनामा परी दर्जनौँ आप्रवासीको मृत्यु भएको ग्रीसको सामुद्रिक सुरक्षा अधिकारीले बताएका छन् ।

ग्रीसमा आइतबार भइरहेको निर्वाचनमा यहाँका नागरिकले नयाँ सरकारका लागि मतदान गर्दै गर्दा भएको उक्त दुर्घटनामा समुद्रमा फसेका २२ जना आप्रवासी शरणार्थीलाई सुरक्षा अधिकारीले डुङ्गाको सहयोगमा उद्धार गरेका छन् ।

नजिकैबाट अगाडि बढिरहेको पानी जहाजबाट उत्पन्न भएका तरङ्गले डुङ«गामाथि पानी पसेपछि उक्त दुर्घटना हुन पुगेको थियो ।

टर्कीबाट ग्रीसतर्फ जाँदै गरेको डुङ्गा दुर्घटनामा परी शनिबार पनि एक बालिकाको मृत्यु हुनुका साथै १३ अन्य आप्रवासी शरणार्थी बेपत्ता भएका थिए ।

ग्रीसको नेवस टापु नजीकै भएको उक्त दुर्घटनामा समुद्रमा फसेका १२ जना आप्रवासी यात्रुको उद्धार गरिएका थियो ।

प्रतिक्रिया