मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १२:००
वासिङटन डिसी 01:15

तराईलाई पहाड र हिमालबाट अलग गर्न सकिदैन: नेता नेपाल

इनेप्लिज २०७२ असोज २ गते १३:५२ मा प्रकाशित

madhav-Nepalकाठमाडौँ, २ असोज । नेकपा (एमाले) का नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तराईलाई पहाड र हिमालबाट अलग गर्नुपर्छ भन्ने मागलाई कुनै पनि हालतमा सम्बोधन गर्न नसकिने बताउनुभयो ।

एमाले सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चको नवौँ सम्मेलनको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कुनै जाति र क्षेत्र विशेषका लागि प्रदेश विभाजन गर्न नहुनेमा जोड दिँदै थारु र मधेसीलाई छुट्टै राज्य दिन थाले अन्य जातजातिलाई अन्याय हुने र उनीहरु समेत आन्दोलित हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “थारुलाई छुट्टै प्रदेश दिँदा भोलि लिम्बूवान र मगरातलाई पनि प्रदेश चाहिएला । के त्यो दिन सकिन्छ ? आन्दोलनकारीले उठाएका विषयमा दलहरु संवेदनशील हुनुपर्ने विचार व्यक्त गर्दै उहाँले उनीहरुका मागलाई आयोग बनाएर वैज्ञानिक ढङ्गले समाधान खोज्नुपर्ने सुझाव दिनुभयो ।

उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विकासमा योगदान पु¥याएका विभिन्न सञ्चार माध्यमका चार पत्रकारलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया