शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०९:५६
वासिङटन डिसी 23:11

संविधानसभामा फर्कने राप्रपा नेपालको निर्णय

इनेप्लिज २०७२ भदौ २६ गते १२:१८ मा प्रकाशित

RPP-Nepalकाठमाडौँ, २६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको संविधान निर्माण प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको आजको बैठकले यस्तो निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । “अन्तिमसम्म हाम्रा मुद्दाको रक्षाका लागि संविधानसभालाई उपयोग गरेर जान बाँकी प्रक्रियामा सहभागी हुने निर्णय गरेका हौँ, यससम्बन्धी अध्यक्ष कमल थापाको प्रस्ताव बैठकले पारित गरेकाले भोलिदेखि सभाका प्रक्रियामा सामेल हुनेछौँ”– उहाँले भन्नुभयो ।

बुधबार सभाको बैठकबाट बाहिरिएको राप्रपा नेपाललाई प्रक्रियामा फर्कन सरकार र तीन ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) एवम् एनेकपा माओवादीले लिखित आग्रह गरेका थिए ।

प्रतिक्रिया