मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १०:००
वासिङटन डिसी 23:15

यो पटकको इमिग्रेशन चौतारी बाशु फुलारासँग

इनेप्लिज २०७२ भदौ २६ गते १०:३३ मा प्रकाशित

Bashu (1)

साँचो अर्थमा भन्ने हो भने इमिग्रेशनका कुनै न कुनै प्रश्न नभएको नेपाली अमेरिकन परिवार कमिनै होलान । कुरा यत्ति मात्र हो कि हामी ति कुराहरुलाई कि तेत्तिकै राख्छौ, कि आफ्नै मन मौजी गर्छौ या कसैलाई सोधेर तेसै अनुरुप गर्दा झन ठूलो समस्यामा पर्दछौ । तर अब तेसो गर्नु पर्दैन । कम्तिमा पनि तपाईंलाई लागेको कुरा आफ्नो नाम र सूचना सुरक्षित हुनेगरी हामीलाई पठाउनु भयो या संपर्क गर्नु भयो भने त्यो प्रश्न या बिषयलाई निशुल्क रुपमा इमिग्रेशनका बिग्य खगेन्द्र जिसी या बाशु फुलाराबाट प्रत्यक्ष रुपमा दीइने सल्लाह नेपाली अमेरिकन मिडियाहरु मार्फत आम रुपमा पुर्याइने छ र तेस्तै खाले अन्य जिज्ञासा हुने अन्य ब्यक्तीहरुका लागि पनि यो बिधी सहयोगी भएको छ । तेसै सेवालाई निरन्तरता दिने क्रममा यसपटकको इमिग्रेशन चौतारी कार्यक्रम क्षेत्री एण्ड एसोसिएट्सका अटर्नी बाशु फुलारासँग हुने भएको छ ।

यही सेप्टेम्बर २० मा दिनको १ बजे

क्षेत्री एण्ड एसोसिएट्सको नयाँ कार्यालय ६३८ वेब्सटर स्ट्रिट # ४३०, ओकल्यान्ड, क्यालिफोर्नियामा यही सेप्टेम्बर २० मा दिनको १ बजे देखी सुरु हुने उक्त कार्यक्रम बिगतको भन्दा पनि अझ धेरै फलदाइ हुने अनुमान गरिएको छ । आफना प्रश्न, जिज्ञासाहरु प्रत्यक्ष रुपमा सल्लाह दिइने  उक्त कार्यक्रममाबाट धेरै भन्दा धेरै लाभ उठाउन सकिने छ ।  यदी आफू उपस्थित हुन सक्नु हुन्न भने ईमेल र स्काइप बाट पनि प्रश्न सोध्न सकिने ब्यबस्था समेत मिलाईएको छ । अथवा त्यो भन्दा अगावै हामीलाई टिपाउनु भयो भने कार्यक्रममा समाबेश गरिने छ ।

अब नेपालको कानूनी सेवा अमेरिका बाटै सम्भव

क्षेत्री एण्ड एसोसिएट्सका संस्थापक पार्टनर खगेन्द्र जिसीले जानकारी गराय अनुसार अमेरिकामा बसेर नेपालमा रहेका बिभिन्न कानूनी सेवा आफू जान नसक्दा अलपत्र परेका छन या आफ्नो सम्पत्ति बेचबिखन लगायतका कानूनी सेवा नपाउँदा भएको अड्चनको अन्त गर्नको लागि क्षेत्री एण्ड एसोसिएट्सले नेपालमा पनि शाखा खोलेर कानूनी सेवा प्रदान गरिसकेको छ । यदि तपाईंहरुलाई पनि यस्ताखाले कानूनी सेवाको आबश्यक्ता छ भने संपर्क गर्न सक्नुहुने छ ।  नेपालमा लगानी सम्बन्धी कानूनी सेवा, पारिवारिक कानूनी सेवा, इमिग्रेशन कानूनी सेवा जस्ता बिषयहरु नै हाल मुख्य रुपमा आउने गरेको र यस्ता जिज्ञासाहरु को कुनै पनि कार्यालयमा परामर्श लिन सकिने कुरा समेत जानकारी गराइयो ।

 

१०० डलर मा टिपिएस सेवा निरन्तर

क्षेत्री एण्ड एसोसिएट्सले यही सेप्टेम्बर ३० सम्मका लागि १०० डलर शुल्कमा टिपिएस सेवा प्रदान गर्दै आएको छ । फर्मको क्यालिफोर्निया आफिस बाट मात्र सो न्युनतम शुल्कमा प्रदान गरिने सेवा सेप्टम्बर ३० भन्दा पछि भने पूरा शुल्क लाग्ने कुरा क्षेत्री एण्ड एसोसिएट्सका अटर्नी बाशु फुलाराबाट जानकारी प्राप्त भयो ।

 

संपर्कको लागि

कृष्ण के.सी

[email protected]

1-510-206-1920

 

कार्यक्रम जानकारी

Date: 20 September 2015

Time: 1:00 PM

Venue: 638 Webster St. # 430, Oakland, California

Chhetry & Associates P.C.

 

१०० डलर मै टिपिएस (TPS) सेवा

प्रतिक्रिया