मंगलबार, मंसिर १६ २०७७
काठमाडौं १७:३४
वासिङटन डिसी 06:49

मेरो जित्ने आधार मतदाताहरुको विश्वास हो -शिव विष्ट

इनेप्लिज २०७२ भदौ १७ गते १:२३ मा प्रकाशित
11695522_10153957839611490_1183202212110620207_n
शिव विष्ट अमेरिकामा सक्रिय एक समाजसेवी र ब्यबसायी हुन् | अमेरिकाका विभिन्न संघ संस्थामा रहेर धेरै अनुभव संगालेका विष्ट यस पटक नासाको महासचिव पदमा उमेद्वारी दिनुभएको छ | नासा र एन्माको संयुक्त एघारौं सम्मेलन आउँदो सेप्टेम्बर ४, ५ र ६ मा नर्थ क्यारोलिना राज्यको ग्रिन्सबोरो र हाइप्वाइन्ट सहरस्थित होटल एम्बेसी स्विटमा भब्य रूपमा हुँदैछ । यहि मौका पारेर युवा समाजसेवी तथा महासचिव पदका उमेद्वार विष्टसंग द नेपाल टुडेका सतिश चापागाईंले गरेको कुराकानी प्रस्तुत छ |
शिव जी, नासा र एन्माका बारेमा छोटकरीमा बताईदिनुस न !अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक र सशक्त संगठन नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा) हो | सन् १९९१ मा विजया दशमीको अवसरमा स्थापित संस्था हो | नेपाली कला, संस्कृती र सम्पदाको संरक्षण र प्रबर्धन गर्नु, मानव अधिकार, स्वतन्त्रता र शान्ति र प्रजातन्त्रको वकालत तथा अभ्यास गर्नुका साथै एक अशल मानवले समाजमा गर्नु पर्ने दायित्व र कर्तव्यलाई जिम्मेवार रुपले प्रस्तुत हुनका लागि यो संस्था स्थापित भएको हो | हाल यो संस्थाले आफ्नो उद्देश्य प्राप्तिका लागि सक्रिय रुपमा शिक्षा, स्वास्थ्य, ब्यबसाय, खेलकुद, कला र संस्कृति, संचार लगायत बिबिध पेशागत क्षेत्रमा काम गर्ने छरिएर रहेका नेपालीहरुको हित र अधिकारका साथै मातृभूमीप्रतिको कर्तब्यलाई शिरोधार्य गरी अग्रसर भईरहेको छ |
त्यस्तैगरी, अमेरिकाको मध्य-पश्चिमी राज्यहरूमा बस्ने नेपालीहरूको बृहद र छाता संगठन एशोसियसन अफ नेप्लिज इन मिडिल वेष्ट अमेरिका (एन्मा) हो | बिशेषगरि मध्य पश्चिम क्षेत्रमा रहेका नेपालीहरुको प्रतिनिधिमुलक यो संस्थाले सामाजिक, संस्कृतिक, शैक्षिक र च्यारिटीमुलक सेवाहरुमा क्रियाशील हुदै आएको छ | साथै नेपाल र नेपालीका लागी यो संस्थाले बिबिध क्रियाकलापहरु गर्दै आईरहेको छ |यी संस्थाहरुको उद्देश्य र महत्व के हो ?नेपाल र नेपालीहरुको पहिचानको लागि आर्थिक -सामाजिक, सांस्कृतिक संरक्षण प्रबर्धन गर्नु | पेशागत हक अधिकारका लागी बिबिध क्षेत्रको सही सूचना र क्रियाशीलताका लागि ब्यबसाय प्रबर्धनका लागि एक हुनु, सक्रिय रहनु र एकापसमा सहयोग गर्नु पनि यी संस्थाहरुको मुख्य उद्देश्य हो | लामो ईतिहास बोकेका यी दुवै संस्थाहरुले यस क्षेत्रका नेपालीहरुको व्यक्तित्व र नेतृत्व विकासमा ठुलो सहयोग पुर्याएका छन् |अधिबेशन कसरी हुन्छ ? यसपटकको अधिबेशन कुन संस्थाको हो ?

यस पटकको अधिबेशन नासा को हो | जसको नेतृत्व हरेक दुई बर्षमा निर्वाचन वा सहमतिको प्रक्रिया द्वारा चुनिने गरिन्छ | यो पटक सबै पदहरुमा निर्वाचन प्रक्रियाद्वारा हुदैछ |

तपाईले महासचिव पदमा उमेद्वारी दिनु भएको छ, किन ? तपाई उठ्नु पर्ने कारण के हो ?

महासचिब पदमा मैले उमेद्वारी दिनुको कारण पहिलो कुरा त निस्वार्थ रुपमा समाज सेवा गर्नु नै हो | बिगतमा प्राप्त गरेको अनुभबलाई नासाको हितमा लगाउनु हो |
संस्थाको प्रशासनिक क्षेत्रलाई चुस्त र सुचनामुखी बनाउनु पनि हो | संस्थाको उद्देश्य प्राप्तिलाई सबै क्षेत्रका व्यक्तिहरुको सहकार्यमा काम गर्ने बाताबरण सिर्जना गर्नु हो |
नेपाली कला, संस्कृतिको संरक्षण र प्रबर्धन गर्नु | प्रवासी नेपालीहरुको हक अधिकार र दुख र सुखमा एक साथ अघि बढ्नु हो | नेपाल र नेपालीको पहिचान र बिकासका लागि निरन्तर लागि पर्नु हो | यिनै चाहना र भावनाका साथ मैले महासचिव पदमा उमेद्वारी दिएको हुँ |

के उद्देश्य राखेर तपाई चुनावी मैदानमा हुनुहुन्छ ? के गर्न चाहनु हुन्छ ?

पहिलो कुरा त व्यक्तिको भन्दा संस्थाको उद्देश्यमा नै केन्द्रित हुनु जरुरि हुन्छ | व्यक्ति त चालक हो | संस्था सवारी हो | सवारीलाई सहि र सुरक्षित ढंगले चलाउनु नै महत्वपूर्ण कुरा हो | चलाकको कर्तब्य पनि त्यही हो | चुनाव जितेमा संस्थाको लक्ष्यमा केन्द्रित रहेर आफ्नो बिगतमा हासिल गरेका अनुभबलाई प्रयोग गर्दै सबैसंग सहकार्य गर्दै प्रवासी नेपालीहरुको हक, हित र नेपाल र नेपालीको सेवा लाग्ने प्रण गर्दछु |

अरु उमेद्वार र तपाईका बीचको फरक के हो ?
सबैका काम गर्ने आफ्नै शैली र योजनाहरु हुन्छन | होलान पनि | तर, जहाँसम्म मेरो व्यक्तिगत सवाल छ, मैले हिजो नेपालमा रहदा पनि नेपाल उदघोषक संघको संस्थापक अध्यक्ष, राष्ट्रिय प्रेस क्लब नेपालको महासचिब भई काम गरेको छु | साथै रेयुकाई नेपालको उप-शाखा निर्देशक, रोटरी क्लबमा आवद्ध रही सामाजिक क्रियाकलापमा सक्रिय थिएँ | यसै गरी अमेरिकामा नेपाल मानव अधिकार संगठन अमेरिकाको सचिब, नेपाल अमेरिका पत्रकार संघ(नेजा) को विभिन्न पदमा रहेर काम गरेको अनुभवलाई नासाको हितमा सदुपयोग गर्ने मेरो चाहाना हो |

जित्ने आधारहरु के-के हुन् ?

मेरो जित्ने आधार भनेको सम्पूर्ण मतदाताहरुको विश्वास र चाहना नै हो | म यस क्षेत्रमा आएर काम गर्न थालेपछि नासाका सक्रिय पदाधिकारीहरु र अन्य मतादाता सदस्यहरुले मलाई बेला बेलामा नासामा बसेर काम गर्न आग्रह गरिरहनु भएको छ | उमेद्वारी दिनुपूर्व विभिन्न राज्यमा रहेका नेपालीहरुको सुझाब र मार्ग निर्देशन पनि त्यही रहेको छ | त्यही नै मेरो जित्ने आधार हुन |

मतदाताहरुसंग के भन्न चाहनुहुन्छ ?
अन्त्यमा, समस्त मतदाता हरुलाई मत प्रयोग गर्नु भन्दा आगाडी एक पटक सोच्नु होला | सहि व्यक्ति छनौट गर्नु मतदाताको पनि दायित्व हो | साथै यहाँहरुले जिताउनु भयो भने विश्वासमाथि धोका हुन् दिने छैन |

सौजन्य :The Nepal Today

shi

प्रतिक्रिया