आइतबार, असार १९ २०७९
काठमाडौं ००:१२
वासिङटन डिसी 14:27

अमेरिकामा प्रथम नेपाली गल्फ प्रतियोगिता सम्पन्न

इनेप्लिज २०७२ भदौ ६ गते १२:३६ मा प्रकाशित

golf 3अमेरिकाको राजधानी वाशिंङ्टन डि.सी.मा ऐतिहासिक “ प्रथम नेपाली गल्फ प्रतियोगिता “ सम्पन्न भयो l नेपालमा हालै गएको विध्वंसकारी भूकम्पबाट हुनगएको ठूलो क्षति लाई पुनर्निर्माण गर्न र नेपाली जनतालाई सहयॊग गर्ने उद्देश्यले “नेपाल स्पोर्टस एण्ड कल्चर इन्टरनेसनल ” द्वारा आयोजना भएको सो प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले एक समारोहका बिच गर्नु भएको थियो l

मेरिल्याण्ड स्थित ब्लू माश गल्फ कोर्समा संचालन भएको सो प्रतियोगितामा पर्ल रेग्मी , प्रकाश राना , क्रिस घिमिरे र मुनान्चु पौडेलको टोलि प्रथम भएको थियो l राजदूत डा .अर्जुन कार्की ,स्वयम् ले पनि करिब चार घण्टा सम्म प्रतियोगितामा भाग लिनु भएको उक्त प्रतियोगितामा गल्फ संयोजक तथा आयोजक संथाका कोषाधक्ष्य केमिका भण्डारी र तरुण पौडेलको टोलि दोस्रो भएको थियो l सो प्रतियोगितामा , अमेरिकाको इन्डियन हेड सहरको उप नगर प्रमुखमा हालै मात्र निर्बाचित भएका किरण सिटौलाले पनि विशेस अतिथिको रुपमा भाग लिनुभएको थियो भने उहाको टोलि तेश्रो भएको थियॊ l

golf 1तेस्रो हुने समुहका अन्य सदस्यहरूमा प्रकाश नेपाल, बिमल खड्का ( नेपाल बाट भाग लिनका लागि आउनु भएका नेपाल च्याप्टरका अध्यक्ष )र ओजस्वी पाण्डे हुनुहुन्थो l उक्त प्रतियोगितामा आयोजक संस्थाका अध्यक्ष सीता पाण्डे ले सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्दै खेलकूदको महत्व माथि प्रकास पर्नु भएको थियो l

उहाले स्पोर्टस पर्यटकको माध्यमबाट नेपालको बिकासमा सघाउ पुर्याउन सकिने र अर्को तर्फ बिदेशमा रहेका नेपाली मुलका युवा पुस्तालाई नेपाली भाषा , संस्कृति सित खेलकूदको माध्यम सजिलै आकर्षित गर्न सकिने बताउनु भयॊ lअत्यन्त रोचक उक्त प्रतियोगितामा एनआरएन यूयसएका उपाधक्ष्य रबिना थापा ,बाना का अध्यक्ष कुलमणि आचार्य ,नेपाली राजदूताबासका आर्थिक सल्लाहकार कैलाश राज पोखरेल , श्रीमती राजदूत गौरी कार्की ठकुरी, वरिष्ठ पप सम्राट ओम बिक्रम बिस्ट, आन्वाका निबर्तमान अध्यक्ष बिष्णु कुमारी थापा ,कास्की समाजका अध्यक्ष नारायण थापा ,कपिल सिटौला ,राहुल रिसाल,पत्रकार खेम भट्टचन लगायत थुप्रै खेलाडीहरुको सहभागिता थियो l

golf 5उक्त प्रतियोगिताको ट्रफी रियाल्टर ब्यबसायी क्रिस घिमिरे ले प्रयोजन गर्नु भएको थियो भने सम्पूर्ण बिजेता तथा सहभागीहरु लाई प्रमुख अतिथि राजदूतले प्रमाणपत्र वितरण गर्दै आयोजकहरुलाई धन्यबाद दिनु भएको थियो l साथै संस्था कि अध्यक्ष सीता पाण्डे ले अर्को बर्ष अझ ब्यापकता र भव्यताका साथ गल्फ प्रतियोगिता आयोजना गरिने जानकारी दिनु भएको थियो l

golf 2

golf 4

प्रतिक्रिया