साफ यु–१९ : अफगानिस्तानले माल्दिभ्सलाई ३-१ले हरायो
इनेप्लिज
२०७२ भदौ ४ गते १६:३१ मा प्रकाशित
काठमाडौँ, ४ भदौ । पहिलो पटक आयोजना भएको १९ वर्षमुनि (यु–१९) उमेर समूहको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा अफगानिस्तानले विजयी सुरुआत गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा सातदोबाटोस्थित एन्फा मैदानमा जारी प्रतियोगितामा आज भएको खेलमा अफगानिस्तानले माल्दिभ्सलाई ३–१ ले पराजित गरेको छ । यससँगै अफगानिस्तानले समूह तालिकामा सुरुआती अग्रतासेत लिएको छ ।
अफगानिस्तानको जितमा मसुद हबिबीले ४५, अल अहमदले ७१ र मोहम्मद अहमदीले ८२ औंँ मिनेटमा गोल गरेका थिए । यस्तै माल्दिभ्सका तर्फबाट हमदानले ८५ औं मिनेटमा एक गोल फर्काए ।
यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ३–१ ले पराजित गरेको थियो । शनिबार बङ्गलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । रासस
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया