DC मेट्रो एरियामा अर्को थप संस्था ” Equality Foundation “

इनेप्लिज २०७२ साउन २९ गते १:५८ मा प्रकाशित

11094757_1028159470562556_8795035354761110593_nआज १३ अगस्त २०१५ का दिन भर्जिनियाको, फेअरफ्याकसमा EQUALITY FOUNDATION inaugural event बडो भव्यताका साथ सम्पन्न भयो / बिहान सबेरै ७.३० बजे अमेरिकन सिस्टम अनुसारको नास्ताको सुरुआत संगै Morning Shows the Day भने जस्तै कार्यक्रम अति नै भद्र र नियमित तरिकाले अगाडी बढ्यो जब संस्थाका Vice President Guy Hinkler ले Commencement गर्नु भयो, सस्थाका अध्क्ष्य डा. बिष्णु पौड्यालले संस्थाका पदाधिकारीको नाम उच्चारणको गर्नुको साथै परिचय दिनु भएको थियो, त्यसै क्रममा उपस्थित सम्पूर्णको परिचायायात्मक कार्यक्रम पनि सम्पन्न भयो /

11863243_1028159460562557_8728262069285249700_nयस संस्थाको उदेस्य ” Internet Access In Every Classroom On Earth ” रहेको छ र नेपालमा खास गरि ग्रामिण, हिमाली एबं पहाडी दुर्गम स्थानमा सेवा पुराउने रहेको छ / Hon . Don Beyer , US House of Representative ले आफ्नो मन्त्यब्य दिनु हुँदै Information Tecnolodgy एबं Internet Access को बारेमा प्रकाश पार्नु भयो / राजदुत डा अर्जुन कार्कीले यस कार्यमा आफुले सक्दो सहयोग गर्ने बचन बद्दता ब्यक्त गर्नु भयो/ डा महाबिर पुनले आफुले हाल सम्म ग्रामिण क्षेत्रलाई इन्टरनेटको माध्यम बाट स्मार्ट बनाउन खोजेको र यस Equality FOUNDATION को समेत सहयोग पुग्ने विचार ब्यक्त गर्नु भयो साथै १४ जिल्लामा उहाँले wireless इन्टरनेट सेवा पुरयाई सक्नु भएको जानकारी दिनु भयो /

11887986_1028159473895889_2882042872458630469_nसंस्थाका CEO प्रो. मेदिनी अधिकारीले हालसम्म जिल्लामा ( स्कुलमा ) गरेको कम्प्युटर सेवा सुबिधा बारे viedo दृश्याबलोकन प्रस्तुत गर्नु भयो, Dr . तुलशी जोशीले बझांगको बादी बस्तीको दयानिया अबस्थाको वृत-चित्र प्रस्तुत गर्दै सहयोगको लागी आह्वान गर्नु भयो / कार्यक्रममा प्रोफेसर मधुकर राणा, ज्ञानमणि नेपाल, Consulate General प्रेम राजा महत, बिजय श्रेष्ठ, Dr. suzann Minarcine , Dr. Willam Schipper आदिले आ -आफ्नो मन्तब्य दिनु भएको थियो / संस्थाका secrtary निरन्जन रेग्मीले उपस्थित् महानुभाब लाई स्वागत गर्नु भएको थियो भने प्रेसिडेन्ट डा. बिष्णु पौड्यालले सबैलाई धन्यवाद दिनु हुँदै कार्यक्रम सम्पतिको घोसणा गर्नु भयो/

11902264_1028159747229195_6807365269808199213_n

EQUALITY FOUNDATION ” का पधाधिकारी निम्नानुसार छन् र आजका झलक केहि तस्बिरहरु …

Dr . Bishnu Poudel – President
Mr . Guy Hinker – Voice President
Pro . Medani Adhikari – CEO
Mr . Niranjan Regmi – Secretary
Dr . Suzann Minarcine – Treasurer
Dr . William Schipper – Director
Dr . Tulashi Joshi – Director
Dr . Hari Sharma – Director
Mr . Jagan Khanal – Webmaster

तस्बिर:रामचन्द्र भट्टराई

प्रतिक्रिया