चौबीस घन्टामा ३७ तालिवान र आठ सैनिक मारिए
काबुल, २८ साउन । अफगानिस्तानमा अफगान सेनाले जारी राखेको तालिवानविरुद्धको कारबाहीका क्रममा गत २४ घन्टाभित्र ३७ जना आतङ्ककारी मारिएका छन् ।
अफगान गृहमन्त्रालयले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी विदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारीविरुद्ध कारबाही जारी राखेका छन् ।
अफगान राष्ट्रिय सेनाले अफगानिस्तानका विभिन्न प्रान्तमा तालिवानविरुद्ध बुधबार बिहानबाट बिहीबार बिहानसम्म जारी राखेको कारबाहीमा परी कम्तीमा ३७ तालिवानी मारिनुका साथै अन्य ३७ नै घाइते भएका मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी सो आक्रमणका क्रममा अन्य दुई आतङ्ककारी पक्राउ परेको जनाइएको । यस कारबाहीको तालिवान आतङ्ककारीहरुले भने केही टिप्पणी गरेका छैनन् ।
सो कारबाहीका क्रममा आठ अफगान सेनाले पनि ज्यान गुमाएका जारी विज्ञप्तिमा जनाइएको छ ।
केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् ।
तर हालैका दिनहरुमा अफगान सुरक्षाबल र नेटो सैनिकलाई समेत लक्ष्यगरी गर्ने तालिवान आतङ्ककारीले गर्ने गरेका आक्रमणहरुमा सुरक्षाबल र सर्वसाधारणको ज्यान जाने क्रम बढदै गएको छ ।
अफगानिस्तानमा सन् २०१५ को पहिलो ६ महिनाभित्रमा भएका सशस्त्र द्वन्द्व र युद्धमा परी एक हजार ५९२ सर्वसाधारणको ज्यान गएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले गत हप्ता प्रकाशन गरेको प्रतिवेदनमा जनाएको थियो ।
अफगानिस्तानमा सन् २००९ को जनवरी १ बाट सन् २०१५ को जुनसम्म १९ हजार ३६० जनाभन्दा बढी नागरिक हताहत हुनुका साथै अन्य ३३ हजारभन्दा बढी घाइते भएको पनि सो प्रतिवेदनमा जनाइएको थियो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया