नेपाल र अफगानिस्तान भिड्ने
काठमाडौँ, २८ साउन । बङ्गलादेशमा जारी सोह्र वर्षमुनि (यु–१६) उमेर समूहकोे तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार अफगानिस्तानको सामना गर्नेछ ।
प्रतियोगिताको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली किशोर टोलीले विजय लक्ष्यका साथ आफ्नो दोस्रो खेल बङ्गलादेशको सिल्हेटमा शुक्रबार अपराह्न ४ः४५ बजे अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अफगानिस्तानलाई पराजित गरेमा समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ अन्यथा समूहको उपविजता बन्दै नेपाल सेमिफाइनलमा आफनो यात्रा सुनिश्चित गर्नेछ ।
पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको थियो । जारी प्रतियोगितामा नेपालले तीन अङ्क जोडेको छ भने समान एक खेल नै खेलको अफगानिस्तानको पनि समान तीन अङ्क नै छ । अफगानिस्तानले माल्दिभ्सलाई ४–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा शीर्ष तीन अङ्क जोडेको हो ।
छ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा नेपाल समूह ‘बी’मा परेको छ । समूह ‘बी’मा नेपालसहित अफगानिस्तान र माल्दिभ्स छन् । त्यस्तै समूह ‘ए’ मा भारत, श्रीलङ्का र बङ्गलादेश छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् । प्रत्येक समूहको शीर्ष दुई/दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्ने प्रावधान छ ।
सन् २०११ मा घरेलु मैदानमै भएको पहिलो साफ च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो । सन् २०१३ मा भएको दोस्रो साफ च्यापियनसिपमा नेपाल भारतसँग पराजित हुँदै दोस्रो स्थानमा थियो ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया