शनिबार, असार १८ २०७९
काठमाडौं २२:२१
वासिङटन डिसी 12:36

साउदी अरवद्वारा ४३१ विद्रोही नियन्त्रणमा

इनेप्लिज २०७२ साउन २ गते १५:५१ मा प्रकाशित

रियाद, २ साउन । अहिलेसम्म ४३१ आइएस लडाकुलाई नियन्त्रणमा लिइ उक्त आतङ्कवादी समूहको संजाल तोड्न सफल भएको साउदी अरवका अधिकारीद्वारा शनिबार प्रेसित विज्ञप्तिमा जनाइएको छ ।

समातिएका मध्ये धेरै साउदी अरवकै आइएससँग सम्बन्धित आतङ्कवादी समूह भएको पनि बताइएको छ ।

साउदी अरवले विगत केही हप्तादेखि आतङ्ककारी समुहका झुण्डमाथि आक्रमण तीब्र पारेको थियो ।

हिरासतमा लिइएको आतङ्कवादी समुहमा आवद्ध झुण्डका सदस्यहरुले विभिन्न ठाउँमा आत्मघाती बम आक्रमण गर्नुका साथै आतङ्वादको संगठन विस्तार गर्ने क्रममा सघाएको साउदी अरवले जनाएको छ ।

प्रतिक्रिया