बुधबार, माघ १२ २०७८
काठमाडौं ०१:०६
वासिङटन डिसी 14:21

एमाले ‘थिङ्क ट्याङ्कहरु’को सङ्गठन हो: अध्यक्ष ओली

इनेप्लिज २०७२ असार १९ गते ९:५५ मा प्रकाशित

Rss_Images_1435996466785_NN-Ktm-rahatकाठमाडौँ, १९ असार । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टी ‘थिङ्क ट्याङ्कहरु’को सङ्गठन भएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय बल्खुमा आज आयोजित कार्यक्रममा भूकम्पपीडितको राहतका लागि नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का सदस्यबाट सङ्कलन गरिएको रकमको चेक ग्रहण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सो अवसरमा अध्यक्ष ओलीले भन्नुभयो – “सोच, सिद्धान्त, राजनीतिक अडान र सङ्गठनका हिसाबले एमाले अगुवा, विश्वसनीय र सामथ्र्यवान पार्टीका रुपमा अहिले उभिएको छ ।”

भूकम्पपछि खोज, उद्धार, राहत र अस्थायी पुनर्वासका लागि एमालेले असाधारण काम गरेको बताउँदै उहाँले भन्नुभयो – “विपत्तिका समयमा जनतासामु उपस्थिति जनाएको मात्र होइन, देशका लागि अपरिहार्य, भविष्यको निमित्त सङ्कल्पको प्रतिविम्बित भएको छ ।”

शारीरिक हिसाबले कहिल्यै श्रम नगरेका कैयौँ कार्यकर्ता यस पटक आआफ्नो क्षेत्रमा एक महिनासम्म खटेर महत्वपूर्ण काम गरेको बताउँदै अध्यक्ष ओलीले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य मान्यता र सामाजिक सद्भावका माध्यमबाट एकताबद्ध बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने यसले अठोट व्यक्त गरेको धारणा राख्नुभयो ।

नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विष्णु रिमालले सङ्गठनका सदस्यले पाउने तलबमानबाट स्केलअनुसार निश्चित प्रतिशत कटौती गरेर भूकम्पपीडितको राहतका लागि पाँच लाख, ५५ हजार ५५५ रुपैयाँ सङ्कलन गरिएको जानकारी दिनुभयो ।

जिफन्टको पहलमा मुलुकका १० जिल्लामा भूकम्पपीडितलाई ३०० क्विन्टल चामल, ३० क्विन्टल दाललगायत रु एक करोड ९१ लाखबराबरको राहत सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

जिफन्टले १९१ घरटहराको निर्माण, १५० धराप भएका धरहरु हटाउने काममा दुई हजार ४५६ भन्दा बढी सदस्य परिचालन गरेको थियो ।

पार्टी केन्द्रीय कार्यालयद्वारा केन्द्रीय विपद् उद्धार कोषमार्फत पीडितलाई राहत उपलब्ध गराउन रकम सङ्कलन गरी हस्तान्तरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया