युनाइटेड नेवा: यू. एस. ए को आयोजनामा इही कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ जेठ २५ गते १३:५२ मा प्रकाशित

अर्विंग, टेक्सास | युनाइटेड नेवा: यू. एस. ए. को आयोजनामा जून ५ तारिख शनिवारको दिन दोस्रो सामूहिक इही कार्यक्रम सम्पन्न भयो | हरेक २ वर्षमा युनाइटेड नेवा: यू. एस. ए. को तत्वाधानमा गरिने लछ्य अनुरूप बाल्टिमोरबाट पाल्नु भएका नेवा: पुरोहित भाजु बाशव राजोपध्य द्वारा पूजा तथा इही को सम्पन्न भएको थियो | सो कार्यक्रममा ५ जना कन्याहरु को इही नेपाल सास्कृतिक तथा अध्यात्मिक केन्द्र अर्विंगको भवनमा भएको थियो | सो कार्यक्रममा धिमे बाजा बजाएर सबै सहभागी कन्याहरु र परिवारहरू लाई भवनमा स्वागत गरिएको थियो |

11292619_10206465764863732_1060489884_nकार्यक्रमको स्वागत भाषण युनाइटेड नेवा: यू. एस. ए. मिसा पूच: को तर्फ़बाट मयजु कमला शाक्य बाट कार्यक्रम सुरु भएको थियो | बिहान ७ बजे देखि सुरु भएको कार्यक्रम यू स्ट्रिम मार्फत विश्व भर रहेका सहभगी परिवारका सदस्यहरू ले पनि सिधा प्रसारण मार्फत इही कार्यक्रमको हेरेर रमाएको थियो |

11329642_10206465754743479_679150405_nअन्तमा सस्थाका सल्लाहकार भाजु डा. सन्जिब श्रेष्ठद्वारा सम्पूर्ण सहभागीलाई प्रमाण पत्र वितरण गर्नुका साथै नेपाली समाज टेक्सासका महासचिव भाजु विजय भट्टराईले हाम्रो नेपाली सस्कृतिको बारे थप जानकारी पाएकोमा धेरै खुसी लागेको बताउनु भयो | सस्थाका सदस्य भाजु महेन्द्र मानन्धरले सम्पूर्ण सहभागी नानी तथा परिवारका सदस्यहरू, स्पोंसरका साथै सबै स्वयम सेवक लाई धन्यवाद ज्ञापन गर्दै इही को समापन गरिएको थियो |

11393176_10155733249635523_913347771256831046_n

11407313_10155733249720523_2346774083430611241_n

11419930_10206465763663702_1278132201_n

 

प्रतिक्रिया