शुक्रबार, माघ १४ २०७८
काठमाडौं २२:१२
वासिङटन डिसी 11:27

टेलब टेनिसमा तामाङको स्वर्णपदक

इनेप्लिज २०७२ जेठ २४ गते १४:२१ मा प्रकाशित

काठमाडौँ, २४ जेठ । आदर्श विद्या मन्दिर (एभिएम) की दीक्षा तामाङले ललितपुर जिल्लाव्यापी टेबलटेनिस प्रतियोगिताको छात्रा एकलमा आज स्वर्णपदक हात पारेकी छिन् ।

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगिताको अन्तिम खेलमा तामाङले ओमकार डेन्टल सातदोबाटोकी खेलाडी सुरभी थापालाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

यसैगरी छात्रा डबल्समा पनि तामाङले लश्था महर्जनसँग मिलेर ज्ञानमन्दिरकी अनुषा प्रसाईं र रोहिसा महर्जनको जोडीलाई ३–२ ले हराउँदै स्वर्ण पदक जित्न सफल भइन् ।

त्यस्तै पुरुष डबल्समा ओमकार चाबहिलका सुमन शाक्य र किरण व्यञ्जनकारको जोडीले ओमकार सातदोबाटोका रितम शाक्य र अशोक महर्जनको जोडीलाई ३–१ ले पाखा लगाउँदै पहिलो स्थान हात पारे ।

पुरुष भेट्रान्सको ४० वर्षमाथि एकलमा ओमकार, सातदोबाटोका सुरेश बज्राचार्यले ओमकारकै पन्नकाजी शाक्यलाई ३–० ले पन्छ्याउँदै शीर्ष स्थान हात पारे ।

टिम इभेन्टको छात्रामा एभिएम ‘ए’ ले एभिएम ‘बी’ लाई ३–० तथा पुरुषमा ओमकार सातदोबाटोले ओमकार चावहिललाई ३–१ ले पाखा लगाउँदै पहिलो भए ।

प्रतिक्रिया