बुधबार, माघ ५ २०७८
काठमाडौं १७:११
वासिङटन डिसी 06:26

सिकागोको एशियन अमेरिकन समुदायका तर्फबाट भूकम्प पिडितहरुको सहयोगार्थ एक करोड रुपियाँ प्रदान

इनेप्लिज २०७२ जेठ १७ गते १२:३५ मा प्रकाशित

 

Bala Nepal Earthquake Support

 सिकागोको एशियन अमेरिकन समुदाय प्रलयकारी भूकम्पले ध्वस्त बनेको सामाजिक संरचना पुनर्निर्माण अन्तर्गत नेपाल सरकारलाई सघाउने अभियानमा जुटेको छ । शनिबार सिकागोको इलियन्समा आयोजित एक कार्यक्रममा १२ एशियन राष्ट्रका अगुवा समाजसेवीहरुको उपस्थितिमा नेपालको सामाजिक संरचना पुनर्निर्माणमा नेपाल सरकारलाई सघाउने अभियान अन्तर्गत नेपाली एक करोड रुपियाँको राशि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्कीलाई हस्तान्तरण गरिएको हो । समारोहमा एशियन समुदायका तर्फबाट कोरियन अमेरिकनहरुले स्थानिय अगुवा समाजसेवी बाला घिमिरेलाई २७ हजार ५ सय अमेरिकी डलर हस्तान्तरण गरिएको चेक घिमिरेले राजदुत कार्की मार्फत नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेका थिए ।

समारोहमा नेपाल अर्थ क्वेक रिलिफ फन्डका तर्फबाट झन्डै ५० हजार डलरको चेक, फन्डका अध्यक्ष सारदा थापा, उपाध्यक्ष बाला घिमिरे र सिएनएफएसका अध्यक्ष बेनी माधव कंडेलले राजदुत कार्कीलाई हस्तान्तरण गरेका थिए । सोहि समारोहमा सिकागो ल्याण्डका झन्डै एक दर्जन संघ संस्थारुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

Nepal support Chicago 3

आजै अगुवा समाजसेवी बाला घिमिरेले आफु र आफुले संकलन गरेको झन्डै १० लाख नेपाली रुपियाँ समेत नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी राजदुत कार्कीलाई हस्तान्तरण गरेका थिए ।

Nepal support Chicago 2

समारोहमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्कीले अमेरिकी सरकार र नागरिकको तहबाट प्रलयकारी भूकम्प गए लगत्तै पुर्याएको सहयोगको लागि नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । राजदुत कार्कीले भने, ‘नेपालको राष्ट्रिय बिपतमा सहयोग पुर्याउने सबै सहयोगी अमेरिकी हातहरु प्रति नेपाल सरकार र त्यहाँका जनता कृतज्ञ छन् ।’ समरोहमा स्टेट सेक्रेटरी व्हाइटले नेपालको राष्ट्रिय बिपतमा एशियन अमेरिकनको तर्फबाट सहयोग गर्न पाउनु अहोभाग्य भन्दै मानव बिपतमा सहयोग गर्नु मानवीय धर्म भएको टिप्पणी गरेकी थिइन् ।

Nepal support Chicago 1

अगुवा समाजसेवी बाला घिमिरेको संयोजनमा भएको सहयोग हस्तान्तरण  कार्यक्रममा एशियन अमेरिकनका अतिरिक्त नेपाली समुदायको पनि बाक्लो उपस्थिति रहेको थियो । राजदुत कार्कीले आफु नेपाली अमेरिकनसंग मिलेर काम गर्न इच्छुक रहेको बताउदै नेपाली दुतावासले गर्न सक्ने सहयोगको लागि आफ्नो ढोका सदैव खुल्ला रहेको बताएका थिए । समारोहमा नेपाली समुदायका दर्जन भन्दा बढी संघ संस्थाका प्रतिनधिहरुको उपस्थिति रहेको थियो । शनिबार साँझै नवनियुक्त राजदुतको सम्मानमा सिकागो करी हाउसमा एक भेटघाट कार्यक्रम समेत आयोजना गरिएको थियो । राजदुत कार्कीलाई एशियन अमेरिकन समुदायका तर्फबाट गरिएको स्वागत समारोह लगत्तै सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया