प्रधानमन्त्री सरसफाइ अभियानमा
इनेप्लिज
२०७२ जेठ १५ गते १२:०३ मा प्रकाशित
काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा भइरहेको सरसफाइ अभियानमा आज सरिक हुनुभयो ।
भूकम्पबाट पूर्ण रुपमा क्षति भएका त्यस क्षेत्रको पुरातात्विक मठ, मन्दिर, देवालय र दरबारबाट निस्किएका फोहर हटाएर सरसफाइ गर्ने कार्य तीव्रताका साथ भइरहेको छ । सो क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडाँै महानगरपालिकाले प्राथमिकताका साथ काम गर्दै आएका छन् ।
सो सरसफाइमा भाग लिने क्रममा प्रधानमन्त्री कोइरालाले वसन्तपुर दरबार, हनुमानढोका, नरसिंह चोक, कुमारी घरसमेतको अवलोकन गर्नुभएको थियो ।
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया