दशरथ चन्द क्रिकेट स्टेडियम बन्दै
भीमदत्तनगर, १० जेठ । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण सुरु भएको छ ।
रु ११ करोडको लागतमा बैतडी सदरमुकामस्थित सुन्दरखालीको दशरथ चन्द क्रिकेट मैदानको स्तरोन्नति गरेर सुविधासम्पन्न ‘दशरथ चन्द क्रिकेट स्टेडियम’ निर्माण सुरु भएको हो । खेलमैदान, दर्शकदीर्घा, पोसाक परिवर्तन कक्ष, प्रशासकीय भवन, व्यायाम र अभ्यास कक्षसहितको सुविधासम्पन्न खेलमैदान बनाउने योजनासहित निर्माण थालिएको छ । तीन महिनाभित्र दुई मि अग्लो पर्खाल तथा सम्याउनेलगायत काम हुने क्षेत्र नं ६ बैतडीका कावा अध्यक्ष विनोद चन्दले बताउनुभयो ।
तीन वर्षभित्र क्रिकेट मैदान सम्पन्न गरिने बताइएको छ । भौतिक पूर्वाधार र प्रशिक्षण नपुग्दा स्तरीय क्रिकेट खेल्न र राष्ट्रियस्तरका प्रतियोगिता गराउन नसक्दा बैतडीका खेलाडी समस्यामा थिए । मैदान अभावमा प्रतियोगिता सम्पन्न गर्न कठिनाइ भइरहेको अवस्थामा सरकारले खेलमैदान निर्माणका लागि बजेट विनियोजन गरेपछि यहाँका क्रिकेट खेलाडी उत्साहित भएका छन् । खेलमैदान निर्माणपछि भारतसँग सीमा जोडिएको सो ठाउँमा भारतका खेलाडी आउन सक्ने र खेलको स्तरसमेत बढ्न सक्ने क्षेत्र नं ६ का सचिव तेजप्रकाश भट्टले बताउनुभयो ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया