सोमबार, माघ १० २०७८
काठमाडौं ०३:३३
वासिङटन डिसी 16:48

राष्ट्रिय सहमतिको सरकारका लागि सैद्धान्तिक सहमति भइसक्यो: नेता गच्छदार

इनेप्लिज २०७२ जेठ ६ गते १०:२९ मा प्रकाशित

INDIA-NEPAL-DIPLOMACYविराटनगर, ६ जेठ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सहमतिको सरकार अवश्यंभावी रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले राष्ट्रिय सहमतिको सरकारका लागि दलबीच सैद्धान्तिक सहमति भइसकेको स्पष्ट पार्नुभयो ।

सरकारको नेतृत्वको विषयमा कुनै विवाद नरहेको उल्लेख गर्दै उहाँले चाडै नै राष्ट्रिय सरकार गठन हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सहमतिकै सरकारको माध्यमबाट सहमतिमा संविधान निर्माण हुने र स्थानीय निकायको निर्वाचन समेत हुने उल्लेख गर्नुभयो ।

विनाशकारी भूकम्पका कारण राष्ट्र विपत्तिमा रहेको अवस्थामा सबैलाई ऐक्यबद्ध भई राष्ट्र निर्माणको कार्यमा जुट्नुपर्ने आजको आवश्यकता रहेको बिचार पनि उहाँले प्रकट गर्नुभयो ।

प्रतिक्रिया