धरहरालाई मौलिक शैलीमा बनाउनुपर्छ: अध्यक्ष ओली
काठमाडौँ, ४ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विनाशकारी भूकम्पका कारण ध्वस्त भएको धरहरालाई नेपाली मौलिक शैलीमा बनाउनुपर्ने बताउनुभएको छ ।
पार्टी निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले भूकम्पपछि पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपालको मौलिक संस्कृतिलाई प्रवद्र्धन गर्न धरहरालाई त्यसरुपमा पुनःनिर्माण गर्नुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा सङ्गठनका अध्यक्ष चन्द्र रिजालले धरहराको प्रतीक उपलब्ध गराएपछि अध्यक्ष ओलीले सो धारणा व्यक्त गर्नुभएको हो ।
अध्यक्ष ओलीले भूकम्पपछि पनि आफू पालमा नभई घरभित्रै बस्ने गरेको बताउँदै आम जनतालाई पनि पराकम्पनका धक्काका समयमा त्रसित नहुन आग्रह गर्नुभयो । पीडितलाई राहत र पुनःस्थापनका काम प्रभावकारी बनाउन सरकारसँग उहाँको आग्रह रहेको छ ।
सो अवसरमा एमाले महासचिव ईश्वर पोखरेलले पनि कुनै विदेशी कम्पनीलाई नेपालको सांस्कृतिक सम्पदा बनाउन दिन नहुने बताउनुभयो ।
सङ्गठनका अध्यक्ष रिजालले भूकम्पबाट नेपालका सबै सम्पदा र पर्यटकीय क्षेत्र तथा गन्तव्य ध्वस्त भएको भन्ने प्रकारको नकारात्मक प्रचार नगरी पर्यटकलाई नेपाल भ्रमणको वातावरण अनुकूल गराउन माग गर्नुभयो ।
जिम्मेवारी हस्तान्तरण
कार्यक्रममा एमालेको केन्द्रीय कमिटीले निर्णय गरेअनुसार केन्द्रीय सदस्य सूर्य थापालाई पार्टी स्थायी समिति सदस्य तथा यसअघिका इञ्चार्ज मुकुन्द न्यौपानेले नवगठित पर्यटन प्रवद्र्धन विभागको प्रमुखको जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।
थापाले नेपालको पर्यटन क्षेत्रलाई पुनःसञ्चार गराउन अभियान सञ्चालनमा जोड दिनुभयो ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया