भूकम्प पीडिको घर बनाउन खेलकुद मन्त्रालयले खेलाडी खटायो
इनेप्लिज
२०७२ वैशाख २७ गते १३:१५ मा प्रकाशित
काठमाडौँ, २७ वैशाख । युवा तथा खेलकुद मन्त्रालयले भूकम्पपीडित सर्वसाधारणलाई अस्थायी बसोबासको व्यवस्था गर्न टहरालगायत ओत लाग्ने स्थान निर्माण गर्न खेलाडी र खेल पदाधिकारीलाई परिचालन गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा आज उक्त मन्त्रालयमा भएको बैठकले भूकम्पबाट जिल्लाका खेलकुद संरचनामा भएको क्षतिको विवरण तथा ती संरचना सञ्चालनका निम्ति कार्ययोजनासमेत बनाउने निर्णय गरेको छ । बैठकले भूकम्पपीडितको सहयोगार्थ मन्त्रालय र मातहतका कार्यालयबाट सहायता रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय पनि गरेको छ । रासस
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया