‘साउथ डकोटा’को भ्रमणपछि अमेरिकी राष्ट्रपति ओबामाद्वारा पचास राज्यको भ्रमण सम्पन्न
वाटरटाउन, २६ वैशाख । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले यो कार्य तीन वर्षभन्दा कम अवधिमा सम्पन्न गर्नुभयो । राष्ट्रपति जर्ज एच.डब्लु. बुसले यो कार्य एक कार्यकालमा सम्पन्न गर्नुभयो । राष्ट्रपति बराक ओबामाले उहाँका लागि पचासौँ राज्य ‘साउथ डकोटा’ को भमणपछि शुक्रबार यो कार्य सम्पन्न गर्नुभयो ।
उहाँका लागि यो काम गर्न छ वर्ष छ महिना लाग्यो ।
‘लेक एरिया टेक्निकल इन्स्टिच्युट’ मा सम्बोधन गर्दै राष्ट्रपति ओबामाले आफू यहाँ आइपुग्दा निकै खुसी भएको बताउनुभयो । उहाँले यहाँ पनि निःशुल्क सामुदायिक कलेजको प्रस्तावका बारेमा बोल्नुभयो । उहाँले अब आफू राष्ट्रपतिको रूपमा सबै राज्यमा पुगेको बताउँदै अन्त्यका लागि सबैभन्दा राम्रो राज्यलाई राखेको बताउनुभयो ।
राष्ट्रपति ओबामा अमेरिकाका प्रत्येक राज्यको भ्रमण गर्ने चौँथो राष्ट्रपति बन्नुभएको छ ।
लेक एरिया टेक्निकल इन्स्टिच्युट अमेरिकामा दुई वर्षीय स्नातकका लागि विद्यार्थी तयार गर्ने प्रमुख सामुदायिक कलेजमध्ये एक हो । राष्ट्रपति ओबामाले १२ कक्षा सम्मको शिक्षा सबैका लागि उपलब्ध भएझै सामुदायिक कलेजको शिक्षा पनि सबैका लागि उपलब्ध हुनुपर्ने बताउनुभयो ।
उहाँले मुलुकको रूपमा अमेरिकाले आफूलाई अगाडि बढाउन शिक्षा आवश्यक पर्ने र त्यसका लागि प्रयास गर्ने व्यक्तिबाट मूल्य लिने मुलुक बनाउन नहुने बताउनुभयो ।
राष्ट्रपति ओबामाले आफ्नो आरम्भको वर्षमा ४६ राज्यको भ्रमण गर्नुभएको थियो र बाँकी चार रिपब्लिकन राज्यलाई पछि भ्रमण गर्ने राज्यको रूपमा राख्नुभएको थियो । उहाँले युटाह, आईदाहो तथा साउथ क्यारोलिनाको भ्रमण पनि सक्याउनुभएको छ ।
शुक्रबार साउथ डकोटा आउनुअगाडि राष्ट्रपति ओबामा यहाँ आउनुभएको थियो तर त्यो सन् २००८ अगाडि राष्ट्रपति पदका लागि प्रचार प्रसारका लागि । गत वर्ष उहाँ साउथ डकोटाको छिमेकी नर्थ डकोटा आउनुभएको थियो । आफ्नो कार्यकालमा सबै राज्यको भ्रमण गर्ने अर्का राष्ट्रपति बिल क्लिन्टन हुनुहुन्थ्यो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया