रसियाली राष्ट्रपति पुटिनद्वारा विजय दिवसको सम्बोधनमा अमेरिकाको आलोचना
मस्को, २६ वैशाख । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार रेड स्क्वायरमा विजय दिवसको परेडलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय सहयोगको आधारभूत सिद्धान्तलाई बढ्दो रूपमा ध्यान दिन छोडिएको बताउनुभएको छ । यसलाई अमेरिकाप्रति आलोचनाको रूपमा लिइएको बताइएको छ ।
नाजी जर्मनीले आत्मसमर्पण गरेको तथा उक्त पराजयमा रेड आर्मीको प्रमुख भूमिकाको सम्झनामा मस्कोमा राम्रोसँग योजना तयार गरिएको परेडको आयोजना गरिएको थियो । विजय दिवस रसियाका लागि सबैभन्दा महत्वपूर्ण धर्मनिरपेक्ष विदाको दिन हो । उक्त युद्धमा सोभियत सङ्घले पनि ठूलो क्षति ब्यहोर्नुपरेको थियो । राष्ट्रपति पुटिनले रसियालाई शान्ति र सुरक्षाको शक्तिको रूपमा प्रस्तुत गर्नुभयो ।
उहाँले अन्तर्राष्ट्रिय सहयोगको महत्व भए पनि गत दशकमा एकध्रुवीय विश्व बनाउन प्रयास भएको बताउनुभयो । यी शब्द अमेरिकाले विश्वमामिलामा पारेको प्रभावको आलोचनाका लागि रसियाले उपयोग गरिरहेको छ ।
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
प्रतिक्रिया