बुधबार, मंसिर १७ २०७७
काठमाडौं २२:५४
वासिङटन डिसी 12:09

नेजस क्यालिफोर्निया च्याप्टरको निर्वाचनमा पाण्डे प्यानल निकै अगाडि

इनेप्लिज २०७२ वैशाख ४ गते १०:०६ मा प्रकाशित

11109514_735591129892559_2861171191759008391_n

— यही १९ अप्रिलमा हुने नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाको निर्वाचन जति जति नजिक आईरहेको छ, त्यति त्यति नै प्रतिक पाण्डे नेतृत्वको प्यानलको अवस्था सुदृढ बन्दै गईरहेको छ ।

१९ अप्रिलका दिन बिहान ९ बजेदेखि अपरान्ह ७ बजेसम्म निर्वाचन हुने कार्यक्रम तय गरिएको छ । सभापतिमा प्रतिक पाण्डे, उपसभापतिका उम्मेदवार संगीता गुरुङ, अर्का उपसभापतिका उम्मेदवार प्रकाश बस्नेत, सचिवका उम्मेदवार प्रदीप भण्डारी, सहसचिवका उम्मेदवार नरेन्द्र तामाङ र कोषाध्यक्षको उम्मेदवार शोभा राईको अवस्था निकै सुदृढ रहेको छ ।

यस्तै सदस्यका उम्मेदवार अनुप तिमिल्सिना, धु्रव कुंवर, मदन महर्जन, मनोहरा थापा बोगटी, मिरा वस्ती, रवि श्रेष्ठ, रुपेश घृतकौशिक, सञ्जीव उप्रेती, सूर्य शर्मा, विश्व पन्त र भुवन लामाको अवस्था पनि सुदृढ रहेको छ ।

पाण्डे प्यानलले महिला, आदिवासी जनजाति लगायत सबैलाई समेटेर समावेशी ढङ्गले उम्मेदवारी दिएका कारण निर्वाचनमा उक्त प्यानलका सबै उम्मेदवारहरुको बिजय सुनिश्चित बन्न पुगेको छ । राजनीतिका लागि राजनीति होइन, समाज परिवर्तन र विकासका लागि राजनीतिक सहभागिता भन्ने मूल्यमन्त्रलाई आत्मसाथ गर्दै पाण्डे प्यानलले उम्मेदवारी दिएको हो । पाण्डे प्यानलमा बे एरियामा बसोबास गर्नु हुने सबै तह, तप्का, जातजाती, भौगोलिक बसाई आदि इत्यादिलाई उम्मेदवार बनाइएको छ । त्यसैकारण पनि पाण्डे
प्यानल अरु भन्दा निकै अगाडि देखिएको हो ।

प्रतिक्रिया