बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १८:५४
वासिङटन डिसी 08:09

सुदूरपश्चिम फुटबल क्लबको पहिलो जित

इनेप्लिज २०७१ चैत २९ गते १५:२९ मा प्रकाशित

धनगढी, २९ चैत । ‘ए’ डिभिजन राष्ट्रिय फुटबल लिगमा सुदूरपश्चिमाञ्चल क्लबले पहिलो जित दर्ता गरेको छ ।

आज स्थानीय क्षेत्रीय रङ्गशालामा भएको खेलमा घरेलु टोली सुदूरपश्चिमले जगदम्बा लुम्बिनी फुटबल क्लबमाथि ४–० को गोल अन्तरले जित निकालेको हो ।

जितसँगै घरेलु टोलीले चार अङ्क प्राप्त गर्दै ‘ए’ डिभिजन लिग प्रतियोगिताको अङ्क तालिकाको छैटौँ स्थानमा उक्लेको छ ।

पाँच खेल खेलेको सुदूरपश्चिमाञ्चल क्लबले यसअघि भएका तीन खेलमा हार व्यहोरेको थियो भने मोरङ एफसीसँग बराबरी खेलेको थियो ।

आजको रोमाञ्चक खेलमा सुदूरपश्चिमका अनन्त तामाङले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा सुदूरपश्चिमका विदेशी खेलाडी आभा क्याड्रिकले खेलको ४९ औँ, ६७ औँं र ९० औैं मिनेटमा ह्याट्रिक गर्दैै सुदूरपश्चिमको जित सुनिश्चित गरेका थिए । क्याड्रिक ‘म्यान अफ द म्याच’ घोषित भएका थिए ।

वैशाख ३ गते सुदूरपश्चिम पश्चिम फुटबल क्लब र सशस्त्र प्रहरी बलबीच खेल हुनेछ ।

प्रतिक्रिया