मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १३:०६
वासिङटन डिसी 02:21

सहसचिव उम्मेदबार संगीता सिवाकोटीद्वारा अर्को परोपकारी कार्य

इनेप्लिज २०७१ चैत २४ गते २१:४७ मा प्रकाशित

Sangita Donationलस एन्जलस । आसन्न गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद  (एनआरएन) अमेरिकाकी सह-सचिब प्रत्यासी संगीता सिवाकोटी ‘लम्साल’ले आफ्नो सेवाभाव र चुनावी एजेन्डा जस्तै अर्को एउटा परोपकरी कार्य गरेकी छिन । एनआरएन अमेरिकाको भर्खरै सम्पन्न तेस्रो बार्षिक साधारणसभामा सहभागी हुन मेरील्याण्ड पुगेकी सह-सचिब प्रत्यासी संगीताले स्थानिय पशुपतिनाथ बुद्ध मन्दिरको सहयोगार्थ अमेरिकी डलर पांच हजार धनराशी सहयोग गरेकी हुन् । यस अघि उनका पति एनआरएन आइसीसी सदस्य राजेन्द्र सिवाकोटी र उनको तर्फबाट दक्षिण क्यालिफोर्नियाको, नर्वाल्क, लस एन्जलसस्थित पशुपतिनाथ मन्दिर निर्माणार्थ अमेरिकी डलर पचाश हजार धनराशी सहयोग गरेका थिए । ‘सेवा परमो धर्म’ को मुलनारा बोकेर मातृभूमि र नेपाली अमेरिकनको सेवामा सदैव क्रियाशील यो दम्पतिले यस अघि पनि दिन दुखिहरुको सेवामा दान गर्दै आएको छ । स्मरण रहोस सह-सचिब प्रत्यासी सिवाकोटीले पत्रकार रबिन्द्र मिश्रको हेल्प नेपाल नेटवर्कलाइ नेपाली रुपियाँ एक लाख एघार हजार एक सय रुपियाँ, त्यस्तै गरी झापाको गरामुनी नेत्रहिन स्कुलका बिध्यार्थीहरुको लागि नेपाली रुपियाँ पच्चीस हजार बराबरको सामान उपलब्ध गराएका थिए । यसै गरी एक्सन वर्क नामक सामाजिक संस्था मार्फत बिकट हुम्ला र जुम्लाका बिद्यार्थीहरुको लागि सामुहिक रुपमा एक लाख नेपाली रुपियाँ नगद दान गरेकी थिइन् । संगीताले नेपालमा  आगलागी र दैबी प्रकोप, अनाथालय र बृद्धाश्रमलाई प्रत्यक बर्ष आर्थिक सहयोग प्रदान गर्दै आएकी छिन । एनआरएन अमेरिकाकी सह-सचिब प्रत्यासी संगीता सिवाकोटी ‘लम्साल’ले परोपकारी एनआरएन अभियान सहित चुनावी एजेन्डा अघि सारेकी छिन । सह-सचिब प्रत्यासी संगीता सिवाकोटी ‘लम्साल’ले सबै नेपाली अमेरिकनलाई सेवा परमो धर्म’ को भावले अघि बढ्न आग्रह गरेकी छिन ।Sangita with Pushpa Basnet CNN hero

प्रतिक्रिया