बिहीबार, मंसिर १८ २०७७
काठमाडौं २३:०६
वासिङटन डिसी 12:21

“CNS New Year 2072 B.S Night”

इनेप्लिज २०७१ चैत २३ गते १८:२० मा प्रकाशित

नेपाली भाषा, कला, साहित्य ,संगीत,परम्परा एवम् समग्र नेपाली मूल संस्कृतिको रक्षा, प्रवर्ध्दन तथा विकास गर्दै नयाँ पुस्ताहरूमा हस्तान्तरण गराउनुको साथै विभिन्न उद्देश्यका साथ मातृभूमि नेपाल छाडेर USA को Texas अन्तर्गत Houston शहरमा बसोबास गर्दै आउनु भएका समस्त नेपाली जनसमुदायका बीच समन्वय गराई भावानात्मक एकता कायम गराउन र आपसी सहयोगको आदान-प्रदान गर्न स्थानीय नेपाली समाजसेवीहरूको पहलमा श्री उमापति भुसालको अध्यक्षतामा एक बर्ष अगाडि सिर्जनशील नेपाली समाज(Creative Nepalese Society) Houston TX को स्थापना भई क्रियाशील छ। CNS नामक यस संस्थाले छोटो समयमा समुदायका बीच निकै राम्रो लोकप्रियता प्राप्त गरेको स्थानीय नेपालीहरू बताउछन् । गत वर्षको नेपाली नयाँ वर्ष लगायत बर्षभरीमा थुप्रै प्रभावकारी कार्यक्रम भएका छन् ।समुदायका लागि समुदायद्वारा भन्ने मूल मर्म अनुसार खेलकूद, बाल-युवा-महिला-ज्येष्ठ लगायत सबैलाई समावेश र एकताबध्द बनाई दीगो रूपमा CNS अगाडि बढेको छ।

यसै क्रममा नयाँ वर्ष २०७२ को पुनीत अवसरमा आगामी April 11th शनिवारका दिन “CNS New Year 2072 B.S Night” संस्थाको प्रथम बार्षिकोत्सवकासाथ भव्य रूपमा हुनगईरहेको छ।

प्रतिक्रिया