नेपालमा जातीय प्रदेश असम्भव छ: थापा
इनेप्लिज
२०७१ फागुन २३ गते ९:०१ मा प्रकाशित
बेनी (म्याग्दी), २३ फागुन । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले नेपालमा जातीय प्रदेश बन्नै नसक्ने बताउनुभएको छ ।
नेपाल शिक्षक सङ्घ म्याग्दीको १८औँ जिल्ला प्रतिनिधिसभाको उद्घाटन गर्दै सभासद् थापाले नेपाल बहुजातीय र बहुपहिचानसहितको मुलुक भएको हुनाले यहाँ कुनै जातिविशेषको अग्राधिकार रहने गरी प्रदेश बन्नै सक्दैन भन्नुभयो । “सबै जात र जातिको समान बाहुल्य, पहिचान र अधिकारसहितको थोरै प्रदेश नै नेपालका लागि उपयुक्त हुन्छ” थापाले भन्नुभयो ।
नेता थापाले अब बन्ने संविधानले नागरिकलाई अधिकारको प्रत्याभूति गराउने र शिक्षकले विद्यार्थीलाई कर्तव्य पालनाको शिक्षा दिई सबल र योग्य नागरिक बनाउनुपर्नेमा जोड दिनुभयो ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया