अन्तिम अवस्थासम्म सहमतिमा जोड दिनुपर्छ : नेता नेपाल
पोखरा, २२ फागुन । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले सकेसम्म अन्तिम अवस्थासम्म सहमतिबाट संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रेस चौतारी नेपाल गण्डकी अञ्चलले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले अन्तिम अवस्थामा सहमति नै हुन नसके विमतिसहितको सहमतिका लागि वार्ता अघि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले एकीकृत नेकपा (माओवादी) का अध्यक्ष ३० दलीय मोर्चाको चक्रब्यूहमा फसेको र मोर्चाको एक जना बुरुक्क उफ्रेपछि त्यतै लाग्न थालेकाले सहमतिमा आउन नसकेको आरोप लगाउनुभयो ।
संविधान निर्माणमा प्रमुख जिम्मेवारी बोधका साथ काम गर्न सबै राजनीतिक दलसँग आग्रह गर्दै उहाँले भन्नुभयो–“जति ढिलो गर्दै गयो त्यति नै धमिलो पानीमा माछा मार्ने काम हुँदै जान्छ, जनआन्दोलनका उपलब्धि समाप्त हुँदै जाने छ ।”
उहाँले अब राजनीतिभन्दा माथि उठेर आर्थिक विकासका कार्यसूची अघि सार्न सबैसँग आग्रह गर्दै अब नेपालमा कहिल्यै राजतन्त्र फर्कन नसक्ने पनि विचार व्यक्त गर्नुभयो । रासस
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया