बेल्जियममा गगन थापामाथि आक्रमण
काठमाडौं, १६ चैत । पार्टीको भातृ संगठनको कार्यक्रमका लागि युरोपको बेल्जियम पुगेका नेपाली कांग्रेसका युवा नेता गगन थापामाथि आक्रमण भएको छ ।
भर्खरै विश्व नेतामा चुनिएका नेता थापा केही दिन अगाडी प्रवासी नेपालीहरुको कार्यक्रममा सहभागि हुन बेल्जियम पुगेका थिए ।
बेल्जियममा रहेका असन्तुष्ट कार्यकर्ताले कालो झण्डा देखाउँदै नेता थापामाथि आक्रमण गरेका हुन् ।
बेल्जियमबाट पोर्चुगल पुगेका बेला उनलाई कालो झण्डा देखाइएको हो । पोर्चुगलस्थित नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको अधिवेशनमा सहभागी हुन त्यहाँ पुगेका नेता थापालाई कार्यक्रममा कालो झण्डा देखाइएपछि आक्रमण भएको हो ।
विपक्षी मोर्चा समर्थक संगठनका प्रतिनिधीहरु एकाएक कार्यक्रमस्थलमा पसेर कालो झण्डा देखाउँदै नाराबाजी गरेपछि आयोजक र उनीहरुबीच झडप नै भएको विपक्षी मोर्चाका एक नेताले बताए ।
उनका अनुसार कार्यक्रममा केहीबेर सम्म कुटाकुट र हानाहान भएको थियो । त्यो समयमा नेता थापामाथि समेत आक्रमण भएको उनले बताए ।
कालो झण्डा देखाउने विपक्षी मोर्चाका सदस्यहरुले सहमतिको आधारमा संविधान जारी गर्नुपर्ने, आदिबासी जनजाति, मधेसी लगायतका सबै समुदायसँग भएका सहमतिलाई संविधानमा सम्बोधन गर्नु पर्ने माग गर्दै नारावाजी समेत गरेका थिए ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया