शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं १४:३३
वासिङटन डिसी 03:48

एनआरएन युएसए अधिवेसनमा भब्य तेक्वान्दो प्रदर्शन

इनेप्लिज २०७१ चैत १३ गते ०:३४ मा प्रकाशित

DSCN2412-800x600

गत मार्च २१ र २२ तारिख भब्यताको साथ सम्पन्न भएको एनआरएन युएसएको तेश्रो साधारण सभाको दोश्रो दिन अमेरिकामा रहेका नेपालका पूर्व तेक्वान्दो खेलाडी तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुको साझा तेक्वान्दो संघ युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेसनले तेक्वान्दो खेल भब्य प्रदर्शन गर्न सफल भएको छ l

तेक्वान्दो खेल प्रदर्शन मात्र नगरी एनआरएन युएसए लाई नेपालमा रहेका बिपन्न तथा आर्थिक समस्याको कारण खेलबाट बन्चित हुन् नपरोस ,खेलाडी भित्र रहेको प्रतिभा नमरोस र नेपालका असाहयलाई सहयोग होस् भन्ने हेतुले करिब दुई लाख नेपाली रुपैया बराबरको रकम एनआरएन युएसए का अध्यक्ष खगेन्द्र जिसीलाई संघका अध्यक्ष राज कुमार राईले हस्तान्तरण गरे l

युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेसनको तर्फ बाट एनआरएन युएसए तेश्रो साधारण सभाका संयोजक लोकनाथ तिवारीलाई पनि प्रसंशा पत्र प्रदान गरिएको थियो l

k 4 - Copy

अध्यक्ष राज कुमार राईले हामी विदेशमा बिभाजन हुन् आएका हैनौ हामी अझ मजबुत र सशक्त हुन् चाहेको विचार व्यक्त गरेका थिए l

यो खेल गर्नुको कारण हामीलाई नेपालको माया छ ,तपाईहरु पनि गर्नु हुन्छ होला भन्दै हामीहरु यहाँ हाम्रा दाजुभाईलाई सहयोग र समर्थन गर्न बसेका हौ l हामी सपनाको संसारमा बसेका छौ भन्दै खेलकुदलाई सहयोग गर्न आग्रह गरेका थिए l

हामी नेपाली हौ l हाम्रो मात्री भुमिलाई हामीले सहयोग गर्नु पर्छ भन्दै नेपालको खेलकुद विकास र नया पिढीलाई यो खेल बारेमा अवगत गराउनु पर्ने अपरिहार्य छ भने l

उक्त कार्यक्रमको लागि नेपालका ख्याति प्राप्त अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु तथा प्रशिक्षक राज कुमार राई ,लव गोर्खाली ,कुमार कार्की ,सीता राई ,बिपिन श्रेष्ठ ,कल्पना कार्की तथा थुप्रै तेक्वान्दोका अन्य खेलाडीहरु क्यानाडा तथा बिभिन्न राज्यहरुबाट सम्मेलनमा भाग लिन आएका थिए l

केहि बर्ष अगाडी मात्र अमेरिकामा रहेका नेपालीहरूको दुई तेक्वान्दो संस्था अन्तर्राष्ट्रिय नेपाल तेक्वान्दो युनियन (इन्टु) र अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो संघ (इन्टा) बीच एकता कायम भएको थियो l

k 1

k 4

प्रतिक्रिया