शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०१:०९
वासिङटन डिसी 14:24

संविधानका विवादित विषयमा सहमति हुनैपर्छ: प्रचण्ड

इनेप्लिज २०७१ चैत ९ गते ११:३४ मा प्रकाशित

timthumb.phpछिमेकी मित्रराष्ट्र चीनको भ्रमणका लागि आज त्यसतर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रमुख विवादित विषयमा धेरै समस्या नभए पनि सहमति हुन नसक्नुको पछाडि कुन तत्वले काम गरेको छ, त्यसको खोजबिन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको राजनीतिक गाँठो नेपालीले नै फुकाउनुपर्नेमा जोड दिँदै उहाँले छिमेकी मित्रराष्ट्रको आवश्यक सहयोग र सल्लाहको जरुरत रहेको धारणा राख्नुभयो ।

एमाओवादी अध्यक्ष दाहालले भन्नुभयो, “प्रमुख राजनीतिक दलका बीच पछिल्ला समयमा भएका संवाद सकारात्मक नै भए पनि सहमति हुन सकेको छैन । आशा छ सबै दल सहमतिमा आउँछन् ।”

प्रतिक्रिया