आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०१:०३
वासिङटन डिसी 14:18

एमाओवादी सबै विकल्पमा छलफल गर्न तयार

इनेप्लिज २०७१ चैत ८ गते १४:५० मा प्रकाशित

janardan-finalइलाम, ८ चैत । एकीकृत नेकपा (माओवादी)का नेता जनार्दन शर्माले एमाओवादी सबै विकल्पमा छलफल र वार्ता गर्न तयार रहेको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ इलामले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले आफूहरु सबै विकल्प खुल्ला गरेर वार्ता गर्न तयार भएपनि नेपाली काँग्रेस र नेकपा (एमाले)का कारण त्यसो हुन नसकेको आरोप लगाउनुभयो ।

सत्तारुढ दलले दुईतिहाई बहुमतको दम्भ देखाएको बताउँदै नेता शर्माले भन्नुभयो, “संविधान बनाउने हो भने दलित, मधेसी, आदिवासी जनजाति, पिछडिएका वर्गको प्रतिनिधित्व हुनुपर्छ ।”

प्रतिक्रिया