एनआरएन अमेरिकाको तेश्रो साधारण सभाको सूचना
आदरणीय एनआरएन अमेरिका सदस्य ज्यूहरु, संघसंस्था, पत्रकार र नेपाली अमेरिकन समुदायमा एनआरएन अमेरिका आफ्नो ऐतिहासिक तेश्रो साधारण सभाको आयोजना गरी यहाँहरुलाई निमन्त्रणा गर्न पाउदा गौरान्वित भएको महसुश गर्दछ । यो संस्था तपाईं हामी सबैको साझा घर हो l हामी सबै मिलेर संस्थालाई अगाडी लैजानको लागि तपाईंहरु सबैको साथ अवस्य चाहिन्छ ।
यही मार्च २१ र २२, २०१५ मा सम्पन्न हुने उक्त साधारण सभामा तपाईंहरु सबैको उपस्थितीको लागि हार्दिक निमन्त्रणा गर्दछौ । तपाईको बसाइलाई सुखद र सफल बनाउनको लागि बिभिन्न मनोरंजन, खेलकुद, बिचार र प्रस्तुतीका साथमा बिधानको छलफल समेत गर्ने कार्यक्रम छ । यि सबै कार्यक्रमहरुमा तपाईंहरुको सकृय उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।
यदि तपाईंले हालसम्म पनि आफ्नो नाम दर्ता गराउनु भएको छैन भने तलको लिंकमा गएर आफ्नो नाम दर्ता गराई दिनु हुन अनुरोध छ ।
धन्यवाद
लोक तिवारी
संयोजक तथा वरिष्ठ उपाध्यक्ष
एनआरएन अमेरिका
एनआरएन अमेरिकाको तेश्रो साधारणसभा मा बिसेष सांस्कृतिक कार्यक्रम भरपुर मनोरंजन
मिति : मार्च २१, २०१५
स्थान:
Hilton Hotel Bethesda – Washington DC
8120 Wisconsin Ave.
Bethesda, Maryland 20814-3624
समया: साँझ ७:३० देखि १०: ०० बजे सम्म
कलाकारहरू:
महानायक राजेश हमाल,नायिकाहरु अनुपमा प्रसाँई , रंञ्जना शर्मा , गायक यम बराल, गायिकाहरु नलिना चित्रकार,संगिता थापामगर, त्यसैगरी श्याम गुरुङ् ,मधुँ क्षेत्री, खेम संग्रौला, साथमा अन्जली लामा , लोक गायिका मन्जु पुन,रमेस परियार तथा लोक गायक राम प्रसाद खनाल समेतको प्रस्तुती हुनेछ।
डान्सरहरुमा बसन्ती राई, लुना श्रेष्ठ र नविन के सी साथमा अन्य स्थानीय कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गराउने भएकाले उक्त कार्यक्रमम सहभागी भएर मनोरन्जन लिनको लागि सम्पूर्ण अमेरिका बासी दाजुभाई तथा दिदीबहिनीहरुमा आग्रह गर्दछु । साथै समयमा टिकट लिएर आफ्नो सिट सुरक्षित राक्नु होला किनकी सिट लिमिट मा छ।
धन्यवाद
दिल श्रेष्ठ
सांस्कृतिक कार्यक्रम संयोजक
एनआरएन अमेरिका तेश्रो साधारण सभा २०१५
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया