सहमतिका लागि अनौपचारिक छलफल सुरु: नेता सापकोटा
भक्तपुर, २८ फागुन । एनेकपा (माओवादी) नेता अग्नि सापकोटाले सहमतिका लागि सत्तापक्षका दलसँग अनौपचारिक छलफल सुरु भएको बताउनुभएको छ ।
आज भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा उहाँले सत्तापक्ष र विपक्षी दलबीच सहमतिका लागि अनौपचारिक छलफल सुरु भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “संविधान निर्माणका विवादित विषयमध्ये न्याय प्रणाली, शासकीय स्वरुप र राज्यको पुनःसंरचनाको विषयमा सहमति गरेर जाने विषयमा औपचारिक, अनौपचारिक वार्ता भइरहेको छ, सहमतिका लागि विपक्षी दलहरु निकै लचक भएका छन् ।”
संवैधानिक अदालत राख्ने, न्याय परिषद्मा राजनीतिक दलबाट नियुक्ति गर्ने र पहिचानसहितको सङ्घीयताका बारेमा सत्तापक्ष र विपक्षी दलबीच कुराकानी भइरहेको उहाँको भनाइ थियो ।
आगामी फागुन ३० गतेसम्म पनि निर्णायक रुपमा वार्ता नभए चैत १ गतेदेखि विपक्षी मोर्चाले आन्दोलन सुरु गर्ने उहाँको भनाइ थियो ।
बाइडेनको सपथ ग्रहणमा अमेरिकी प्रख्यात गायिकाहरु लेडी गागा र जेनिफर लोपेजको प्रस्तुति हुने
भर्जिनिया फेयरफ्याक्स काउन्टीमा ६५ बर्ष भन्दा माथी तथा अन्यलाई जनवरी १८ देखि खोप दिइने
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
अमेरिकामा बाइडेनको उद्घाटन सम्म कोरोनाबाट कूल ४ लाखको मृत्यु हुने ,एकैदिनमा ३७०० सयको मृत्यु
प्रतिक्रिया