वार्ताबाट भाग्न दाहालको सुरक्षाको बाहना: एमाले सचिव ज्ञवाली
भक्तपुर, १० फागुन । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले प्रचण्डले वार्ता र सहमतिबाट भाग्दै सस्तो लोकप्रियता कमाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू असुरक्षित रहेको बाहना बनाएको बताउनुभएको छ ।
रफत् सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले दाहालले सस्तो लोकप्रियता बनाउन र वार्ताबाट भाग्न आफ्नो सुरक्षा नभएको ‘प्रपोगाण्डा’ मच्चाएको बताउनु भएको हो ।
दाहाल विभिन्न बहानामा वार्ता र सहमतिबाट भाग्दै गएको आरोप लगाउँदै उहाँले आफू असुरक्षित रहेको बाहना वार्ता र सहमतिमा नआउने चाल मात्र भएको टिप्पणी गर्नुभयो ।
एमाओवादी अध्यक्ष दाहालको सिको गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि ‘इमोसनल ब्ल्याकमेल’ गर्न दलहरुसँगको सहमतिको प्रसङ्ग कोट्याएको जिकीर गर्नुभयो ।
एमाओवादी नेतृत्व मोर्चा वार्ता र सहमतिप्रति इमान्दारी नभएको चर्चा गर्दै ज्ञवालीले भन्नुभयो, ‘‘प्रधानमन्त्रीले दुई–दुईपटक वार्ताका लागि आह्वान गर्नुभयो, उनीहरुले भनेजस्तै गरी संविधानसभा निश्चित समयका लागि स्थगन पनि भयो तर पनि वार्ताका लागि एकपछि अर्को बहाना बनाउनुले उनीहरुको इमान्दारिता र संविधान निर्माणप्रतिको बफादारिताबाट भाग्दै गएको प्रष्ट देखिन्छ ।’’
उहाँले एमाओवादी नेतृत्व मोर्चाको अन्दोलन घोषणाले राजनीतिक सङ्क्रमण लम्बिँदै गएको चर्चा गर्नुभयो ।
प्रतिपक्षलाई सहमतिका लागि अब धेरै नकुर्ने बताउँदै सचिव ज्ञवालीले वार्तामा नआए संविधानसभाको प्रक्रिया अगाडि बढाएर भए पनि संविधान जारी हुने बताउनुभयो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया